बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

नेपाल दशनामी युवा समिती रुपन्देहीको जिल्ला अध्यक्षमा गिरी

नेपाल दशनामी युवा समिती रुपन्देहीको जिल्ला अध्यक्षमा गिरी

images
  • 1.9K
    SHARES

  • images
    images
    images
    नेपाल दशनामी युवा समिती रुपन्देहीको जिल्ला अध्यक्षमा गिरी
    images
    images
    images

    लुम्बिनी पाना, बुटवल । नेपाल दशनामी युवा समिती रुपन्देहीको दोस्रो अधिबेशनबाट रुपन्देही देवदहका सुनिल गिरी सर्बसहमत निर्वाचित भएका छन् ।  बुटवल स्थित योगिकुटीको होटेल बुटवल भ्युमा भयको जिल्ला अधिबेशनको अध्यक्षता सुरेस गिरी तथा नेपाल दशनामी समाजका पुर्व केन्द्रिय उपाध्यक्ष नेत्र बनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बिशिस्ट अतिथीको रुपमा नेपाल दसनामी समाजका केन्द्रिय सदस्य सुरेस गिरी, नेपाल दसनामी युवा समितीका केन्द्रिय अध्यक्ष अर्जुन गिरी, नेपाल दसनामी समाज रुपन्देहीका अध्यक्ष भरत गिरी रहनु भएको थियो । 

    कार्यक्रममा नेपाल दसनामी समाजका प्रदेश कमिटी सदस्य ,जिल्ला कमिटी सदस्य लगायत दशनामी युवाबन्धुहरुको उल्लेखनीय उपस्तिथि रहेको थियो । कार्यक्रममा नेपाल दशनामी युवा समितीका केन्द्रिय अध्यक्ष अर्जुन गिरी , नेपाल दसनामी समाजका केन्द्रिय सदस्य सुरेस गिरी, दशनामी समाज रुपन्देहीका अध्यक्ष भरत गिरी लगायतले आफ्नो मनतब्य प्रस्तुत गर्दै युवाहरुलाइ आफ्नो जातिय पहिचान, अस्तित्व र एकताबद्ध भइ अघि बढ्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।

    images
    images
    images

    कार्यक्रमका प्रमुख अतिथि नेत्र बनले युवाहरुलाई गोलबद्ध भै आफ्नो जातिय पहिचान , सहकार्य र समाज रुपान्तरणमा अघि बढ्नु पर्ने बिषयमा जोड दिनु भएको थियो । कार्यक्रममा अर्जुन गिरीको स्वागत र जिल्ला सचिब सुनिल गिरीको सन्चानलमा कार्यक्रम सम्पन्न भएको हो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij