बुटवल । नेकपा (माओवादी केन्द्र) निकट नेपाल बुद्धिजिवी संगठन रुपन्देहीको अध्यक्षमा मेघराज आचार्य निर्वाचित भएका छन । बुटवलमा सम्पन्न सातौ जिल्ला सम्मेलनबाट आचार्यको नेतृत्वमा नयाँ कार्यसमिती सर्वसम्मत निर्वाचित भएको हो ।
जसको उपाध्यक्षमा प्रदिप कुमार पाण्डे ‚हिमा थापा र नेत्रलाल पाण्डे रहेका छन् त्यस्तैगरी सचिवमा कौशल राज गौतम‚ सह-सचिवमा डा.चन्द्र बहादुर थापा र लोकराज घिमिरे चयन भएको संगठनले जानकारी दिएको छ ।
संगठनको सदस्यहरुमा लक्ष्मी नेपाल‚ मदन कुमार पुन‚गणेश प्रसाद पाण्डे‚चित्र बहादुर सुवेदी‚ पार्वती अधिकारी‚ इन्द्रराज गैरे‚ लेखनाथ खनाल‚ तारानाथ आचार्य‚ देव बहादुर रेगाली‚ श्रीराम पौडेल‚ पूर्ण प्रसाद डुम्रे‚ हरि पौडेल र गुनाखर भट्टराई रहेका छन् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij