लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदह नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागी १ अर्ब ६३ करोड ८८ लाख बराबरको बजेट ल्याएको छ।सोमबार देवदह नगरपालिकाको १६ औं अधिवेशनमा नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङले चालु र पूँजीगततर्फको खर्चको रकम समेत गरि १ अर्ब ६३ करोड ८८ लाख रुपैयाँ बराबरको वार्षिक बजेट तथा कार्यक्रम पेश गर्नुभएको हो ।
नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङद्वारा प्रस्तुत बजेट (पूर्ण पाठ)
उपप्रमुख वजेट बक्तव्य.pdf :To download file click here
उपप्रमुख गुरुङले बजेट प्रस्तुत गर्दै चालुतर्फ ५५ प्रतिशत र पूजीगततर्फ ४५ प्रतिशत रहने अनुमान रहने बताउनुभयो ।बजेट प्रस्तुत गर्दै उपप्रमुख गुरुङले पूर्वाधार, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि, पशुपंक्षी विकासका क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको बताउनुभयो।
आगामी आर्थिक वर्षको बजेटमा सामाजिक विकास तर्फ ३२ करोड २९ लाख, पूर्वाधार तर्फ ६३ करोड ६० लाख,
संस्थागत विकास तथा सुशासन तर्फ १७ करोड १६ लाख, शिक्षा क्षेत्रमा २६ करोड ९ लाख, कृषि विकास तर्फ ४५ लाख ३५ हजार, पशु सेवा तर्फ ४२ लाख ६५ हजार विनियोजन गरिएको छ।
त्यस्तै नगर प्रमुख ध्रुब प्रसाद खरेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै नगरपालिका क्षेत्रभित्र आर्थिक वर्ष २०८१/०८२ मा २.३ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको, इन्टरलक ब्लक ५.८ किलोमीटर, ३ किलोमीटर पिपिसी ढलान तथा गरि सडक स्तरोन्नति गरिएको बताउनुभयो।त्यस्तै १० किलोमीटर सडक ग्राभेल गरि स्तरोन्नति गरिएको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै नगर प्रमुखले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा वडा नम्बर ३,५,६,७,८,९ र १० मा गरि ८८३ हेक्टर जग्गा नापजाँच गरिएको र ५,६,७,९ र १० मा १३६१ घर परिवारका लागी जग्गा दर्ता गर्ने सम्बन्धि १५ दिने सूचना जारी गरिएको उल्लेख गर्नुभयो।
त्यस्तै चालु आर्थिक वर्षमा २५ करोड ४६ लाखको अनुमानित आन्तरिक राजश्व अनुमान गरिएकोमा १२ करोड ४७ लाख ७५ हजार ८२८ रुपैयाँ राजश्व संकलन भएको छ । आगामी आर्थिक वर्षमा देवदहले २१ करोड ८६ लाख ४६ हजार राजश्व संकलन हुने अनुमान पेश गरिएको छ।चालिउ आर्थिक वर्षमा देवदह नगरपालिकाले एक अर्ब पचास करोड १० लाख ६५ हजार बराबरको बजेट ल्याएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij