लुम्बिनी पाना, देवदह । सगरमाथा आवासीय मा.वि. देवदह ७, शीतलनगरबाट २०८१ सालको एसईई परीक्षामा सहभागी भई उच्चतम जि.पी.ए. सहित शत प्रतिशत उतीर्ण विद्यार्थी एवं अभिभावकहरुलाई आज एक भब्य कार्यक्रम गरी सम्मान गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्राचार्य कृष्ण प्रसाद पौडेलले विद्यार्थीहरुले प्राप्त गरेको सफलतालाई आगामी दिनमा निरन्तरता दिदैं यो देश र समाजको लागि योगदान गर्न सफल नागरिकको रुपमा चिर परिचित हुनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि देवदह नगरपालिका वार्ड नं. ७ का वडाअध्यक्ष कृष्ण प्रसाद अधिकारीले यस क्षेत्रमै उत्कृष्ट नतिजा दिन सफल सगरमाथा मा.वि. वार्ड नं. ७ को शैक्षिक नक्षेत्र भएको बताउनु भयो । कार्यक्रममा अभिभावकहरु राम बहादुर थापा, करुणाकर अर्याल, सह–प्राचार्य लेखनाथ काफ्ले र विद्यालय व्यवस्थापन सदस्य हरि भण्डारी लगाएतले मन्तव्य राख्नु भयो ।
उत्कृष्ट नतिजा सहित शत प्रतिशत नतिजा दिन सफल शिक्षकहरु प्रदिप अधिकारी, लेखनाथ काफ्ले, सुमन पाण्डे, खेम बहादुर आले, नारायण प्रसाद भुषाल, दधिराम ज्ञवाली र विश्व पौडेललाई समेत सम्मान गरियो ।
कार्यक्रममा १५० बढी अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज मरासिनीको अध्यक्षता र सह–प्राचार्य प्रदिप अधिकारीको सञ्चालनमा सम्पन्न भयो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij