बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

महामायामा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा सम्मान

महामायामा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा सम्मान

images
  • 606
    SHARES

  • images
    images
    images
    महामायामा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा सम्मान
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । महामाया भवानी माध्यमिक बिद्यालय देवदह ४ भवानीपुरमा एसईई २०८१ मा उत्तीर्ण हुन सफल बिद्यार्थीहरुलाइ बधाई तथा सम्मान कार्यक्रम सम्पनन्न भएको छ । बिद्यालयले एक कार्यक्रमको आयोजना गरि उक्त सम्मान कार्यक्रम सप्पन्न गरेको हो ।

    कार्यक्रममा बधाई तथा शुभकामना व्यक्त गर्नुहुँदै नगर शिक्षा अधिकारी लोकराज पन्थीले बोल्दै शैक्षिक बिकासको लागि बिद्यार्थी , बिद्यालय र बिद्यालय व्यवस्थापन समितिको त्रिपक्षीय सम्बन्ध बलियो हुनुपर्नेमा जोड दिनुभएको थियो। बिद्यार्थीको प्रमुख गहना भनेकै अनुशासन रहेको उल्लेख गर्दै शिक्षा शाखा प्रमुख पन्थीले जहाँ रहेर अध्ययन गरेपनी आफ्नो अनुशासन कायम राख्दै आफुलाइ हरेक क्षेत्रमा अब्बल सबित गर्नुपर्ने धारणा राख्नुभयो।

    images
    images
    images

    कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक ऋषिस्वर अर्याल, कार्यपालिका सदस्य शान्ता भट्टराई , नगर शिक्षा अधिकृत परशुराम ढकाल , देवदह नगरपालिका आ.इ.टी अफिसर बाबुलाल थापा, नगर शिक्षा समिती अनुगमन सदस्य लिलाबल्लभ भट्टराई, बिद्यार्थी सुवर्ण रेग्मी लगायतले बोल्दै एसईईमा राम्रो नतिजा आएकोमा खुसी व्यक्त गर्दै आगामी शैक्षिक कार्यकालको लागि शुभकामना व्यक्त गरेका थिए ।

    कार्यक्रममा आफ्नो विषयमा सतप्रतिशत नतिजा दिनुहुने शिक्षकहरु क्रमशः गणितमा रमेश गौतम, अंग्रेजीमा मिन प्रसाद भट्टराई ,र सामाजिकमा लक्ष्मी न्यौपानेलाई बिद्यालयले सम्मान गरेको थियो । साथै सोही कार्यक्रममा शिक्षक बिराज क्षेत्रीले आफुले अध्यापन गराएको बिद्यार्थी सबिता भट्टराई लाई ए पल्स ल्याएबापत नगद ५ हजारले सम्मान गर्नुभएको थियो भने शिक्षक लक्ष्मी न्यौपानेले पनि सामाजिकमा ए पल्स ल्याएका बिद्यार्थी सुवर्ण रेग्मीलाई नगद ४ हजारले सम्मान गर्नुभएको थियो ।

    कार्यक्रममा बिद्यालयका सहायक प्रध्यानाध्यापक चिरञ्जीवी रेग्मीको स्वागत तथा शिक्षक प्रतिनिधि निलराज बस्यालको संचालनमा सम्पन्न भएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij