लुम्बिनी पाना, देवदह ।लायन्स क्लब अफ देवदह युनाइटेडको प्रथम पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।सोमबार एक कार्यक्रमका विच क्लबमा सक्रिय भएर काम गर्ने पदाधिकारीलाई सम्मान तथा बर्ष २०२५/२६ का पदाधिकारीलाई पद हस्तान्तरण गरिएको हो । लायन्स क्लब अफ देवदह युनाइटेड वर्ष २०२४/२५ का अध्यक्ष लायन माधब आचार्यले प्रतिवेदन प्रस्तुत गर्दै वर्षभर क्लबले सम्पन्न गरेका उल्लेखनीय कार्यहरूबारे जानकारी दिए ।
रक्तदान कार्यक्रममा १३५ पिन्ट रगत संकलन, मधुमेह रक्त चाप परीक्षण कार्यक्रम, १ हप्ते स्वास्थ शिबिर, प्रर्द्धसनि मेलामा स्वास्थ शिबिर मातृ तथा पितृ सम्मान कार्यक्रम, मानव सेवा आश्रममा सहयोग , भुकम्प पिडितलाइ सहयोग, बिभिन्न तालिम सन्चालन आदि जस्ता कार्यहरु आफ्नो कार्यकालमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाइ अवार्ड द्वारा सम्मान गर्नु भएको थियो । त्यसैगरी, कार्यक्रममा लायन्स वर्ष २०२४/२५ का सम्पुर्ण पदाधिकारीले लायन्स वर्ष २०२५/२६ का पदाधिकारीलाई पद हस्तान्तरण गरेका थिए। लायन्स वर्ष २०२४/२५ का अध्यक्ष लायन माधब आचार्य ले लायन्स वर्ष २०२५/२६ का नव निर्वाचित अध्यक्ष लायन गणेश सापकोटा लाइ पद हस्तान्तरण गर्दै आगामी कार्यकालका लागि शुभकामना ब्यक्त गर्नुभयको थियो ।
कार्यक्रम लायन्स वर्ष २०२४/२५ का अध्यक्ष लायन माधब आचार्य को अध्यक्षता, लायन डिष्ट्रिक ३२५ पि का भाइस डिष्ट्रिक को-चिफ एड्भाईजर लायन बिष्णु प्रसाद पौडेल ज्यु को प्रमुख आतिथ्यता, डिष्ट्रिक डिप्युटि चियर लायन राम बहादुर गुरुङ , रिजन ४ का रिजन चियर पर्सन लायन बिनोद थापा मगर, लायन्स क्लब अफ देवदहका पुर्ब अध्यक्ष लायन मन बहादुर क्षेत्री र सचिब लायन पवन पौडेल, लायन्स क्लब अफ देवदह पाकरी बृक्षका अध्यक्ष लायन बिन्दु थापा लगायत विभिन्न विशिष्ट सामाजिक व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लायन बिष्णु प्रसाद पौडेल र अतिथि लायन राम बहादुर गुरुङ ले शुभकामना मन्तव्य राख्दै युनाइटेड क्लबको रचनात्मक कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै उहाहरुले आगामी कार्यक्रमहरूमा आफू र डिस्ट्रीक्टको तर्फबाट लायन्स यात्रामा जिवन्त सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयेको थियो ।
नयाँ सदस्यहरू ओम काफ्ले, फूल प्रसाद पाण्डेय (दिपक), सुरज पौडेल, सन्दिप पौडेल, गोविन्द पाण्डेयलाई औपचारिक रूपमा टिका, खादा र मायाको चिनो प्रदान गरि स्वागत गरिएको थियो । समारोह दुई चरणमा सम्पन्न भएको थियो ।
पहिलो सत्रको सञ्चालन सचिव लायन अर्जुन कुमार गुरुङ र दोस्रो सत्रको सञ्चालन लायन प्रबिन गौडेलद्वारा भएको थियो भने प्रथम उपाध्यक्ष लायन टिकाराम चापागाईंको स्वागत मन्तव्य , लायन्स वर्ष २०२५/२६ का अध्यक्ष लायन गणेश सापकोटाको धन्यवाद ज्ञापन सहित कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij