बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदह इङ्गलिस बोर्डिङ स्कूलमा असल अभिभावकत्व सम्बन्धी अभिमुखीकरण कार्यक्रम

देवदह इङ्गलिस बोर्डिङ स्कूलमा असल अभिभावकत्व सम्बन्धी अभिमुखीकरण कार्यक्रम

images
  • 899
    SHARES

  • images
    images
    images
    देवदह इङ्गलिस बोर्डिङ स्कूलमा असल अभिभावकत्व सम्बन्धी अभिमुखीकरण कार्यक्रम
    images
    images
    images

    लुम्बिनी पाना, देवदह ।रुपन्देहीको देवदह–०७ स्थित देवदह इङ्गलिस बोर्डिङ हाई स्कूल मा कक्षा ४ र ५ मा अध्ययनरत विद्यार्थीहरूका अभिभावकहरूका लागि असल अभिभावकत्व सम्बन्धी अभिमुखिकरण कार्यक्रमु भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम असार २६ गते, विहीबार बिहान ११ः०० बजे शुरुभई दिनको ३ बजे विद्यालयको सभा हलमा सम्पन्न भएको थियो।

    कार्यक्रमको अध्यक्षता विद्यालयका कार्यवाहक प्राचार्य मन बहादुर क्षेत्रीले गर्नुभएको थियो भने कार्यक्रमको सन्चालन विद्यालयका सह प्राचार्य विष्णु अर्यालले गनुभयको थियो । उक्त कार्यक्रममा सहजकर्ता तथा जीवन प्रशिक्षक एवं प्रेरक मनीष मिश्र ले असल अभिभावकत्व, सकारात्मक संवाद, र बालबालिकाको समग्र विकासमा अभिभावकको भूमिकाबारे प्रेरणादायी प्रस्तुति दिनुभयो।

    images
    images
    images

    कार्यक्रममा अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले अभिभावक र विद्यालयबीचको सहकार्य बलियो बनाउने विश्वास व्यक्त गरेका थिए।

    विद्यालय प्रशासनले आगामी दिनहरूमा यस्ता शिक्षामूलक कार्यक्रम निरन्तर सञ्चालन गरिने जानकारी दिएको छ। कार्यक्रममा सहभागी अभिभावकहरूले बालबालिकाको समुचित विकासका लागि विद्यालयसँग समन्वय गरेर अघि बढ्ने प्रेरणा पाएको प्रतिक्रिया दिएका थिए। यस प्रकारका कार्यक्रमले पारिवारिक वातावरण र शैक्षिक विकासबीच सन्तुलन कायम गर्न सहयोग पुर्‍याउने अपेक्षा अभिभावकज्यूहरुले आफ्नो भनाईबाट ब्यक्त गर्नुभएको विद्यालयका लेखापाल माधब आचार्यले जानकारी दिनुभएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, आषाढ २७ २०८२०८:४७:४०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij