लुम्बिनी पाना, देवदह । लायन्स क्लव अफ देवदह युनाईटेडको प्रथम नियमित बैठक तथा वार्षिक कार्ययोजना बिषयमा छलफल सम्पन्न भएको छ । शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरि लायन्स क्लव अफ देवदह युनाइटेडको लायन वर्ष २०२५/२६ को प्रथम क्लव बैठक सम्पन्न भएको हो ।
क्लवका अध्यक्ष लायन गणेश सापकोटाको अध्यक्षतामा सम्पन्न भएको बैठकले लायन्स को भावना र मर्म अनुसार काम गर्ने र सो बाहेक सदस्यको चाहनाअनुरुप समाज र परिवारको हित हुने कार्यक्रम अगाडि बढाएको थियो । सदस्यता शुल्क, निति नियम निर्माण , बिधान शंशोधन, जिम्मेवारि बाडफाड क्लवको वार्षिक कार्यविवरण, अनुमानित बजेट, सदस्यता र २०२५/२६ को क्लवको नीतिहरु पारित आदि जस्ता महत्वपुण बिषय उपर छलफल गरि आगामि शनिवार बृक्षरोपण गर्ने निर्णय गरिएको थियो ।
निवर्तमान अध्यक्ष लायन माधव आचार्यले आफ्ना अनुभवहरु आदान प्रदान गर्नुभएको उक्त बैठक सचिव लायन प्रविण गौडेलले संचालन, लायन विष्णु प्रसाद अर्यालको स्वागत मन्तव्य, लायन खिल प्रसाद पाठकको धन्यवाद ज्ञापन सहित बैठक समापन भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij