लुम्बिनी पाना, देवदह । उद्योग व्यापार संघ देवदहको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । तेस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यको शनिवार एक कार्यक्रमको आयोजना गरि पदस्थापन गरिएको हो। असार -७ गते संघको नयाँ कार्यसमिति चयन गरिएको थियो।
अधिवेशनले गणेश कुमार खातीको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको थियो । जसको वरिष्ठ उपाध्यक्षमा अमृत बहादुर फुल्लेल क्षेत्री, वाणिज्य उपाध्यक्षमा ओम बहादुर परियार, महिला उपाध्यक्षमा जित कुमारी राना र उद्योग उपाध्यक्षमा गंगा बहादुर विक, महासचिवमा धन बहादुर कुँवर, सचिवमा विनिराम सोमै, कोषाध्यक्षमा पदमराज पौडेल तथा सदस्यहरुमा शान्ता आचार्य, शिवलाल विक, बलराम चापागाईं र गणेश विक रहेका छन् ।
पदस्थापन कार्यक्रममा बोल्दै नेपाल उद्योग व्यापार महासंघका महासचिव खेमनारायण पराजुलीले साना तथा मझौला उद्योगी व्यवासयीहरुको व्यापार विस्तार र व्यवसायीमैत्री वातावरण निर्माण तथा बन्द उद्योगहरू सञ्चालन गर्न व्यवसायिक संघ संगठनहरुले भुमिका खेल्नुपर्ने बताए । उनले राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको समर्थन गर्दै त्यसको व्यवहारिक कार्यान्वयनमा बैंकहरुले सहयोग गर्नुपर्ने विचार राखे ।
बन्द रहेका र जिर्ण सरकारी उद्योगहरु निजीकरण गर्न लागिएको बताउंदै उनले निजीकरणको सट्टा उद्योग व्यापार संघलाई उद्योग चलाउन दिए आफुहरुले नाफामा चलाइदिने बताए ।उनले सरकारको गलत नीतिका कारण सुनचांदी उद्योगमा कार्यरत हजारौं कर्मचारीको रोजगारी गुम्ने खतरा रहेको औंल्याए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका देवदह अध्यक्ष दीपक न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष माधव रिमाल, देवदह व्यापार संघका अध्यक्ष कोषबहादुर गुरुङ लगायतले बोलेका थिए ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij