मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

बुद्द सामुदायिक वनबाट ३ हजार बढी विरुवा वितरण

बुद्द सामुदायिक वनबाट ३ हजार बढी विरुवा वितरण

images
  • 866
    SHARES

  • images
    images
    images
    बुद्द सामुदायिक वनबाट ३ हजार बढी विरुवा वितरण
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा अवस्थित बुद्द सामुदायिक वन तथा उपभोक्ता समितिले आफ्ना उपभोक्तालाई ३ हजार बढी फलफुलको विरुवा वितरण गरेको छ।

    सामुदायिक वनले आफ्ना उपभोक्तालाई आँप, लिची, सितलचिनी, अम्बा बयर लगायतका बिरुवा वितरण गरिएको संस्थाका अध्यक्ष टेक बहादुर रानाले जानकारी दिनुभयो।

    images
    images
    images

    वातावरण संरक्षण, पशुको आहारा घाँस परिपूर्तिमा टेवा पुग्ने र उपभोक्तालाई आर्थिक आय आर्जनमा जोड्नका निमित्त फलफूल का विरुवा वितरण गरिएको अध्यक्ष रानाको भनाई थियो।

    सामुदायिक वनले रौतहटबाट करिब १ लाख मूल्य बराबरमा खरिद गरेको आँपको विरुवा ७००, लिचीको विरुवा ५००, अम्बा २०० बयर १०० र सितलचिनी १५०० गरि ३ हजार विरुवा आफ्ना १ हजार जना उपभोक्तालाई वितरण गर्ने लक्ष्य लिएको छ। 

    अघिल्लो वर्षहरुमा समेत सामुदायिक वनले विरुवा वितरण गर्दै आएको छ भने वन क्षेत्रमा वृक्षारोपण पनि गर्दै आएको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij