लुम्बिनी पाना, देवदह । देवदहमा दुई दिने शिक्षक तालीम सम्पन्न भएको छ।सगरमाथा आवासीय माध्यमिक विद्यालयको आयोजनामा र कान्तिपुर चाइल्ड डेभलपमेन्ट कम्युनिटीको सहकार्यमा आयोजित PG देखि कक्षा ३ सम्मका शिक्षकहरूका लागि विशेष तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।
तालिमको सहजीकरण कान्तिपुर चाइल्ड डेभलपमेन्ट कम्युनिटीका प्रशिक्षक लक्ष्मी थापाले गर्नुभएको थियो। दुई दिने प्रशिक्षण कार्यक्रमको दोस्रो दिन विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद पौडेलज्यूले सहभागी शिक्षकहरूलाई प्रमाणपत्र वितरण गर्नुहुँदै सिकेको ज्ञान कक्षा कोठामा प्रयोग गर्दै बालबालिकालाई खुसीसाथ सिक्ने वातावरण बनाउन प्रेरित गर्नुभयो।
तालिममा विद्यालयका २१ जना प्रारम्भिक तहका शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो। शिक्षकहरूमा देखिएको उत्साह, सक्रियता र सहभागिताले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij