
भेटघाटका क्रममा फोहोर व्यवस्थापन, विपत व्यवस्थापन, शिक्षा, स्वास्थ्य र पूर्वाधारको विषयमा छालाफल सहित अनुभव आदान प्रदान गरिएको देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले जानकारी दिनुभयो।
धनगढी उप-महानगरपालिकाले फोहोरमैला ब्यवस्थापन ऐन बनाएर फोहोर व्यवस्थापनमा नमूना काम गरिरहेको र पूर्वाधार र शैक्षिक लगायत समग्र स्थानीय सरकार संचालन सम्बन्धि असल अभ्यासको अनुभव आदानप्रदान गर्नका लागि धनगढी उप-महानगरपालिका भ्रमण गरिएको नगर प्रमुख ध्रुब प्रसाद खरेलले बताउनुभयो।
भेटघाटका क्रममा त्यहाँको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्यको अवास्था बारे जानकारी संगै अनुभव आदान प्रादान गरिएको देवदह नगरपालिकाले जनाएको छ।
देवदह नगरपालिकामा फोहोर व्यवस्थापन मूख्य चुनौती रहेको छ। देवदह नगरपालिका वडा नम्बर -५ स्थित बुद्द सामुदायिक वन क्षेत्रमा डम्पिङ साइट बनाएर दिर्घकालिन रुपमा फोहोर व्यवस्थापनको अभ्यास गरिएपनि बेलाबेलामा समस्या संगै चुनौती सिर्जना हुने गरेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij