लुम्बिनी पाना, देवदह ।लायन्स क्लब देवदह प्रोफेसल युथ लायन्स वर्ष २०२५/२६ को पहिलो बैठक देवदह ५ स्थित पाठक फुडल्याण्डमा सम्पन्न भएको छ ।
क्लबका अध्यक्ष लायन विमल तिवारीको अध्यक्षमा सम्पन्न भएको बैठकले क्लबको वार्षिक कार्यक्रम, जिम्मेवारी बांडफाड, अनुमानित बजेट, सदस्यता शुल्क,सदस्यहरुको चाहना अनुरुप समाज रुपान्तरणका कार्यक्रमहरु माथि छलफल गरेको थियो ।
साथै क्लबले आउँदो शनिबार ग्लोवल कज वातावरण अन्तर्गत बृहत वृक्षरोपण कार्यक्रम गर्ने भएको छ । जसको संयोजकको रुपमा लायन नविन थापा मगर र लायन सुरज पंगेनी रहनु भएको छ ।
उक्त बैठकबाट क्लबका सस्थापक अध्यक्ष, पुर्व अध्यक्षहरु लगायत ११ जना सदस्यहरुले एकैसाथ आजीवन सदस्य लिनु भएको छ ।
जसमा संस्थापक अध्यक्ष लायन दिपेश मल्ल, पुर्वअध्यक्ष लायन विमल प्रसाद भुसाल, पुर्व अध्यक्ष लायन कमल पौडेल, निवर्तमान अध्यक्ष लायन डा.विजय अंगाई, लायन वर्ष २०२५/२६ का अध्यक्ष लायन विमल तिवारी, प्रथम उपाध्यक्ष लायन नविन थापा मगर, तृतिय उपाध्यक्ष लायन दिपेश पाण्डेय, सचिव लायन मुकेश ज्ञवाली, कोषाध्यक्ष लायन शरद भण्डारी, एल सि आई एफ कोडिनेटर लायन दिनेश चौधरी र मेम्बरशिप चेयरपर्सन लायन विकाश श्रेष्ठ रहनू भएको छ ।
बैठक लायन नविन थापा मगरको स्वागत तथा सचिव लायन मुकेश ज्ञवालीको संचालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij