लुम्बिनी पाना, देवदह । लायन्स क्लव अफ देवदह युनाईटेडद्वारा देवदह नगरपालिका वडा नं ५, पानवारी स्थित पानबारी खेलमैदानको वरिपरी सौन्दर्यकिकरणका लागि वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । लायन्स डिष्ट्रिक को अन्डर ग्लोबल कज इन्भारोमेन्ट अन्तर्गत, पर्याबरण सुरक्षित राख्नको लागि बृक्षारोपण कार्यक्रम एक लायन सदस्य बराबर एक बिरुवा को अबधारणा अनुरुप बृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो।

उक्त कार्यक्रममा प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिकका जिएसटी कोर्डिनेटर लायन आशिष कुमार श्रेष्ठ, विशिष्ट अतिथि जिएटि टिम कोर्डिनेटरका इन्भारोमेन्ट चिफ लायन विष्णु प्रसाद पौडल, डिष्ट्रिक डिपुटी सेक्रेटरी लायन बिनोद थापा मगर र डिष्ट्रिक को चिफ एडभाइजर लायन राम बहादुर गुरुङ, अतिथीमा एरिया ३ का एरिया चिफ लायन कृष्ण प्रसाद पाण्डे, वडा न ५ का जनप्रतिनिधी सदस्य सावित्रा पौडेल , जोन चियर पर्सन लायन पुष्पा क्षेत्री, क्लवका संस्थापक अध्यक्ष लायन माधब आचार्य, लायन्स क्लब अफ देवदह पाकरी वृक्षका अध्यक्ष लायन उषा सुवेदी सोही क्लबका निवर्तमान अध्यक्ष लायन विन्दु थापा, समाजसेवी रुकमागत प्रविण पौडेल लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा लायन्स क्लव अफ देवदह युनाईटेडले सामाजिक क्रियाकालपमा अन्य क्लव भन्दा यो क्लवले लायन्सको मर्मलाई बुझेर सेवाको कार्यमा उत्कृष्ट रहेको र ड्रिष्ट्रिकमा एलसीडियू नामको आफनै ब्रान्ड बनाउन सफल भएको भन्दै उपस्थित अतिथिहरुले प्रशंसा गर्नुभएको थियो ।
क्लबका २८ जना सदस्यहरुको उपस्थितिमा ३५ वटा विरुवाहरु रोपी सम्पूर्णमा ट्रि गार्ड लगाई संरक्षणका लागि हरेक सदस्य र वडा नं ५ लाई विशेष अनुरोध गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष लायन गणेश सापकोटाले गर्नुभएको थियो भने कार्यक्रम संयोजक लायन यमलाल शर्माको स्वागत मन्तब्य रहेको थियो । साथै संयोजन सदस्य द्वेय लायन कृष्ण पाठक र लायन अनन्तराम भण्डारी रेहेको कार्यक्रममा वडा नं ५ द्धारा ३५ थान जाली प्रदान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन क्लबका तृतीय उपाध्यक्ष लायन अर्जुन कुमार गुरुङले गर्नुभएको जानकारी क्लबका संस्थापक अध्यक्ष लायन माधब आचार्यले जानकारी दिनुभएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij