सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

रोटरी क्लब अफ देवदहको नवौं स्थापना दिवस तथा पदहस्तान्तरण

रोटरी क्लब अफ देवदहको नवौं स्थापना दिवस तथा पदहस्तान्तरण

images
  • 1.7K
    SHARES

  • images
    images
    images
    रोटरी क्लब अफ देवदहको नवौं स्थापना दिवस तथा पदहस्तान्तरण
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रोटरी क्लब अफ देवदहले नवौं स्थापना दिवस तथा पदहस्तान्तरण कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ। क्लवले आइतबार एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस र पदहस्तान्तरण गरेको हो ।

    पाठक फुड ल्याण्डमा आयोजित पदहस्तान्तरण कार्यक्रममा कार्यक्रमको प्रमुख अतिथि रिजन फाइभका असिस्टेन्ट गभर्नर रोटरियन जितेन्द्र नाथ शर्माले नवनियुक्त अध्यक्ष डोलराज न्यौपाने 'अर्जुन' सहित पदाधिकारीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो।

    images
    images
    images

    न्यौपानेको नेतृत्वमा वर्ष २०२५/२६ का लागि क्लबको इलेक्ट प्रेसिडेन्टमा नारायण भण्डारी, प्रेसिडेन्ट नोमिनीमा इन्द्र बहादुर सुनार, भाइस प्रेसिडेन्टमा डाक्टर कृष्ण गैरे, कृष्ण अधिकारी र बिष्णु पाण्डे, सचिव नगेन्द्र पराजुली, कोषाध्यक्ष गुरु प्रसाद न्यौपाने,क्लब एडमिनिष्टर चेयर होमनाथ भट्टराई, हिरन्य लाल लम्साल , सर्विस प्रोजक्ट राम चन्द्र उपाध्याय,रोटरी फाउन्डर चेयर प्रकाश काफ्ले, मेम्बरशिप चेयर मनोज बयम्बु,पब्लिक रिलेसन चेयर नवीन कुवर, कम्युनिटि चेयर प्रकाश सुवेदी, युथ सर्भिस चेयर हिरन्य लाल लम्साल, सर्जेन्ट एट आर्मस फस्ट दुर्गा भूर्तेल, सर्जेन्ट एट आर्मस सेकेन्ड कमल तिवारी रहनु भएको छ ।

    त्यस्तै क्लबको सल्लाहकारमा कृष्ण प्रसाद पौडेल र कुल प्रसाद पौडेल रहनुभएको छ।

    सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सङ्गै रोटरी क्लबले विभिन्न कार्यक्रम गर्ने योजना समेत सार्वजनिक गरेको छ। रोटरी क्लब अफ देवदहले यस वर्ष शिक्षा, स्वास्थ्य, उद्यमशिलता र समुदायमा प्रत्येक्ष रुपमा जोडिएर काम गर्ने योजनाहरु रहेको क्लबका अध्यक्ष न्यौपानेले सार्वजनिक गरेका थिए।

    रोटरी क्लबलाई अझै सशक्त र जीवन्त बनाएर अघिल्लो वर्षहरुमा भएका स्वास्थ्य शिविर, वृक्षरोपण, फेलोशिपहरुलाई निरन्तरता दिदै अबका वर्षहरुमा समेत सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको थियो।

    कार्यक्रममा बोल्दै रिजन फाइभका असिस्टेन्ट गभर्नर रोटरियन जितेन्द्र नाथ शर्माले रोटरी क्लबले मानवीय सेवा भावलाई मूख्य मुद्दा बनाएर काम गरिरहेको बताउनुभयो।उहाँले क्लबले गर्ने हरेक कार्यक्रम र इन्ट्रयाक्ट कल्बले गर्ने कार्यक्रममा आफ्नो र रिजनको तर्फबाट सहयोग गर्ने प्रतिवद्द्ता समेत व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा देवदह नगरपालिकाका प्रबक्ता गणेश डुम्रे, रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष बाबुराम बञ्जाडेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

    कार्यक्रममा वर्ष २०२४,२५ का अध्यक्ष बिष्णु पाठकले आफ्नो कार्यकालमा निशुल्क स्वास्थ्य शिविर, देवदह आदर्श बहुमुखी क्याम्पसमा सचेतनामूलक कार्यक्रम, वृक्षरोपण, व्युटी पार्लर तालीम,आत्महत्या न्यूनीकरण तालीम सेनेटरी प्याड डिस्पोजल मेसिन हस्तान्तरण, खेलकुद सामाग्री प्रदान, रक्तदान कार्यक्रम, खानेपानी ट्यान्की जडान, भजन सन्ध्या महा आरती, शौचालय निर्माण लगायत महत्त्वपूर्ण कार्यक्रमहरु गरिएको जानकारी दिनुभयो।

    ७ जना नयाँ सदस्य थप गरेको क्लबले अक्ष कोष स्थापनालाई मूख्य प्राथमिकता दिएको क्लबले जनाएको छ। विपन्न तथा आर्थिक स्तर न्यून भएकाहरुलाई छात्रवृत्ति प्रदान गर्नका लागि अध्यक्ष डोलराज न्यौपाने १ लाख रुपैयाँ, कृष्ण अधिकारी १० हजार र जयकिशन अधिकारीबाट ५ हजार गरि १ लाख १५ हजारको सुरुवाती अक्ष कोष स्थापना गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो।

    कार्यक्रम क्लबका अध्यक्ष डोलराज न्यौपानेको अध्यक्षता, पुर्व अध्यक्ष कृष्ण प्रसाद पौडेलको स्वागत, पुर्व अध्यक्ष जय किशन अधिकारीको धन्यवाद ज्ञापन र सचिव नारायण भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij