लुम्बिनी पाना, देवदह। रुपन्देहीको देवदहमा ग्लोअप ब्युटी सैलुन एण्ड एकेडेमी संचालनमा आउने भएको छ।देवदह -५ स्थित खैरेनीमा ग्लोअप ब्युटी सैलुन एण्ड एकेडेमी संचालनमा आउन लागेको हो ।
अत्याधुनिक सेवा सुविधा सहित श्रावण ११ गतेदेखि औपचारिक रूपमा सेवा सञ्चालनमा आउन लागेको एकेडेमीका संचालक सृजना श्रेष्ठले जानकारी दिनुभयो।
पछिल्लो समय युवाहरू विदेश पलायन भैरहेको अवस्थामा ३० लाख लगानीमा ५ जनालाई रोजगार दिने गरि संचालनमा आउन लागेको Glow-up मा सौन्दर्य सम्बन्धी विविध सेवा र व्यावसायिक तालिम एकै छानामुनि उपलब्ध हुने संचालक श्रेष्ठले बताउनुभयो।
एकेडेमीमा फेसियल, हेयर कटिङ,बमेहेन्दी डिजाइन, प्रोफेशनल मेकअपलगायतका सेवा प्रदान गरिनेछन्। साथै, भविष्यमा प्रोफेशनल ब्युटी कोर्सहरू समेत सञ्चालन गरिने तयारीमा रहेको सञ्चालिका श्रेष्ठले जानकारी दिनुभयो ।
स्थानीय महिला तथा युवतीहरूलाई आत्मनिर्भर बनाउन एकेडेमीले सकारात्मक भूमिका खेल्ने विश्वास गरिएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij