लुम्बिनी पाना, देवदह। रुपन्देहीको देवदह नगरपालिका -७ मिलनचोकमा माइक्रो बसले स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार २ युवा घाइते भएका छन्।बुधबार अन्दाजी १२:४० को समयमा उक्त दुर्घटना भएको हो।
बर्दघाटबाट बुटवल आउँदै गरेको लु २ ख ८४५ नम्बरको माइक्रोबसले देवदहको मिलनचोकमा लु ७५ प ४९३० नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार देवदह ४ का अन्दाजी १८ वर्षका सन्देश भोर्तेल र सोही वडाकै अन्दाजी १६ वर्षका अन्वेस श्रेष्ठ घाइते भएको प्रहरी चौकी खैरेनीका इन्चार्ज प्रहरी निरीक्षक भिमसेन बिष्टले लुम्बिनी पानालाई जानकारी दिनुभयो।
घाइतेलाई उपचारको लागी देवदह मेडिकल कलेज, भलुही पठाइएको दुबै जनाको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij