बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

अब देशले नयाँ नेतृत्व खोजेको छ : कुलमान घिसिङ

अब देशले नयाँ नेतृत्व खोजेको छ : कुलमान घिसिङ

images
  • 296
    SHARES

  • images
    images
    images
    अब देशले नयाँ नेतृत्व खोजेको छ : कुलमान घिसिङ
    images
    images
    images

    लुम्बिनी पाना, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा जनताले आशा गरे अनुसारको विकास हुन नसकेको बताएका छन्।

    विहीबार ग्लोबल युथ पार्लामेण्टले आयोजना गरेको १६५ युवा सांसदको घोषणा तथा सपथ ग्रहण समारोहमा सम्बोधन गर्दै उनले नेपालमा धेरै राजनीतिक, सामाजिक परिवर्तनहरु भएपनि जनताले आशा गरे अनुसारको विकास नभएको कुरा वास्तविकता भएको बताए।२ उनले भने, ‘नेपालमा केही हुदैँन् केही हुन सक्दैँन् भन्ने एक किसिमको भाष्य जुन विकास भएको छ, त्यसलाई बदल्नुपर्छ। अब यहीं गर्न सकिन्छ, हामीले गर्नुपर्छ हाम्रो पुस्ताले गर्नुपर्छ भन्ने भाष्य विकास गर्नुपर्छ। नेपालमा धेरै राजनीतिक, सामाजिक परिवर्तनहरु भए तर जुन विकास निर्माणको नेतृत्व दिनुपर्ने थियो, जुन खालको विकासको आशा जनताले राखेका थिए त्यो अहिलेसम्म पूरा हुन सकेको छैन्। यो वास्तविकता हो।’

    images
    images
    images

    यस्तै, उनले राजनीतिक नेतृत्व र विकास नेतृत्व फरक विषय भएको भन्दै नेपालका नेतृत्वहरुले यस विषयमा त्यती ध्यान दिन नसकेको बताए।

    उनले भने, ‘राजनीतिक नेतृत्वसँगै विकास नेतृत्व अलि फरक विषय हो। यसलाई हाम्रा नेतृत्वहरुले त्यति ध्यान दिन सकेन की भन्ने जस्तो लाग्छ। राजनीतिक नेतृत्वसँगै विकासको नेतृत्व र व्यवस्थापनको पनि ज्ञान हुनुपर्छ। राजनीतिक गर्न हाम्रा नेताहरु एकदमै जान्ने हुनुहुन्छ, सफल हुनुहुन्छ, उहाँहरुले धेरै काम पनि गर्नु भएको छ, नगरेको भन्ने होईन्। क्षमता छ। त्यो हिसाबमा काम भएको पनि छ। तर देश र जनताले आशा गरेको अनुसार नेपालको विकास हुन सकेन्। अबको पुस्ताले अगाडि बढेर नेपाललाई समृद्ध बनाउनुपर्छ भन्ने आजको युवाहरुको आवाज हो।’

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij