साउन ९, देवदह । रुपन्देहीको देवदह -५ मा अवस्थित न्यू लुम्बिनीमा एक दिने ‘असल अभिभावकत्व’ कार्यशाला सम्पन्न भएको छ। शुक्रबार पाठक फुडल्याण्डमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि एन प्याब्सनका केन्द्रिय सचिव कृष्ण प्रसाद पौडेलले शुभकामना मन्तव्य दिँदै बालबालिकाको लागी "घरनै पहिलो पाठशाला भएको बताउनुभयो।
अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापन समितिको संयुक्त मिहेनतले मात्रै विद्यार्थीहरुले उत्कृष्ट नतिजा हासिल गर्ने बताउँदै शैक्षिक क्षेत्रको विकासका लागी सहकार्य आवस्यक रहेको बताउनुभयो। पौडेलले देवदह शैक्षिक क्षेत्रको हवको रुपमा विकास हुँदै गइरहेको धारणा राख्दै उत्कृष्ट शैक्षिक नतिजाका लागी देवदहका शैक्षिक संस्थाहरुले मिहिनेत गरिरहेको बताउनुभयो।
कार्यक्रमका प्रशिक्षक कमल सिलवालले ‘असल पालक, असल बालक’ भन्ने मूल सन्देशसहित प्रभावशाली प्रशिक्षण दिनुभएको थियो। उहाँले "पालक असल भयो भने मात्रै बालक असल हुने धारणा राख्दै बालकको शारीरिक विकास नहुँदै मानसिक वा शैक्षिक दबाव दिनु तिनका लागि बोझ भएकोले अनावश्यक दबाब दिन नहुने बताउनुभयो।
कार्यशालामा ४ सय भन्दा बढी अभिभावकहरूको उपस्थिति रहेको थियो। कार्यशालामा सहभागी भएका अभिभावकहरु बिमल भुसाल, निर्मला चौधरी र जुनु पाण्डेले बोल्दै यस्तो प्रकारका कार्यशालाले अभिभावकहरुको भूमिका अझ स्पष्ट र जिम्मेवार बनाउन सहयोग पुर्याउको बताएका थिए।
कार्यक्रम विद्यालयका प्रिन्सिपल विनोद थापा मगरको अध्यक्षता, सहायक प्राचार्य बिष्णु बहादुर सारुको स्वागत शिक्षिका फुलमाया थापाको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij