बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

रोट्याक्ट क्लबको आयोजनामा देवदहको नर्सरी डाँडामा वृक्षारोपण

रोट्याक्ट क्लबको आयोजनामा देवदहको नर्सरी डाँडामा वृक्षारोपण

images
  • 736
    SHARES

  • images
    images
    images
    रोट्याक्ट क्लबको आयोजनामा देवदहको नर्सरी डाँडामा वृक्षारोपण
    images
    images
    images

    लुम्बिनी पाना, देवदह ।“भावी सन्तति र समृद्धिको लागि वृक्षरोपण” भन्ने मूल नाराका साथ वृहत वृक्षारोपण कार्यक्रम शनिबार देवदह–५, कलुवा नर्सरी डाँडामा सम्पन्न भएको छ। जलवायु परिवर्तनको असर कम गर्न, वातावरणीय सन्तुलन कायम राख्न र भावी पुस्तालाई स्वच्छ तथा हरित वातावरण प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

     

    images
    images
    images

    1753525973655.jpg

     

    रोटरी क्लब अफ तिलोत्तमा रुपन्दही, रोट्याक्ट क्लब अफ तिलोत्तमा देवदह, रोट्याक्ट क्लब अफ तिलोत्तमा रुपन्दही र रोट्याक्ट क्लब अफ तिलोत्तमा शुद्धोधनको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रमको संयोजन रोट्याक्ट क्लब अफ तिलोत्तमा देवदहले गरेको थियो।

    कार्यक्रमका प्रमुख अतिथि विद्यालक्ष्मी गुरुङले वातावरण संरक्षणका लागि वृक्षारोपण अत्यावश्यक रहेको धारणा राख्नुभएको थियो।जलवायु परिवर्तनका कारण पछिल्लो समय मौसममा प्रतिकुल असर परिरहेको भन्दै वातावरण संरक्षण गर्नु सबैको दायित्व रहेको उहाँले बताउनुभयो थियो।

    रोट्र्याक्टर सृजना गिरी र बुद्ध सामुदायिक वनकी सचिव राधिका अर्यालले आफ्ना मन्तव्य राख्नु भएको थियो।४ कार्यक्रममा केरवानी माध्यमिक विद्यालयका सहायक–प्राचार्य खेमानन्द ज्ञवाली, बुद्ध सामुदायिक वन उपभोक्ता समूहकी सचिव राधिका अर्याल, समाजसेवी भुवन सिंह विश्वकर्मा लगायत अन्य सम्माननीय व्यक्तिहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रम अन्तर्गत केरवानी माध्यमिक विद्यालयको मण्टेश्वरी प्रांगणमा आप, सितलचिनी लगायत ४० भन्दा बढी फलफूलका बिरुवाहरू रोपिएको आयोजकले जानकारी दिएका छन्।

    कार्यक्रम संचालन रोटरि क्लब अफ तिलोत्तमा रुपन्देहिका सचिव रोटरियान किशोर कुमार बि.क ले गर्नु भएको थियो भने रोट्र्याक्टर डा. विजय अमगाईंले स्वागत मन्तव्य राख्नुभएको थियो।

    कार्यक्रमको समापन रोट्र्याक्टर अनिल भण्डारीको धन्यवाद ज्ञापन र रोटेरियन दिपक भट्टराईको समापन मन्तव्यसँगै गरिएको थियो। आयोजक संस्थाहरूका अनुसार कार्यक्रमले वातावरण संरक्षणका लागि वृक्षारोपणको महत्वबारे समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, श्रावण १० २०८२०४:५७:३३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij