बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदह व्यापार संघको १२औं स्थापना दिवसमा छात्रवृत्ति तथा रक्तदान कार्यक्रम

देवदह व्यापार संघको १२औं स्थापना दिवसमा छात्रवृत्ति तथा रक्तदान कार्यक्रम

images
  • 528
    SHARES

  • images
    images
    images
    देवदह व्यापार संघको १२औं स्थापना दिवसमा छात्रवृत्ति तथा रक्तदान कार्यक्रम
    images
    images
    images

    लुम्बिनी पाना,देवदह । देवदह व्यापार संघले आफ्नो १२औं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत छात्रवृत्ति वितरण तथा वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। आइतबार संस्थाको कार्यालयमा संघले उक्त कार्यक्रम गरेको हो।

    कार्यक्रमको उद्घाटन गर्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले समाजको विकास र समृद्धिका लागि यस्ता कार्यक्रमहरू महत्त्वपूर्ण रहेको बताउँदै, नगरपालिकाले विभिन्न समयमा सामाजिक गतिविधिहरूलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्नुभयो।

    images
    images
    images

    नगर प्रमुख खरेलले देवदह नगरपालिकाले नि:शुल्क रगतको व्यवस्था गर्दै आएको समेत नगर प्रमुख खरेलको भनाई थियो।उहाँले नगरको समृद्धि र सुशासनका लागी सबै देवदहवासीको सहयोग आवश्यक रहेको औल्याउँनुभएको थियो।

    कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै संस्थाका अध्यक्ष कोष बहादुर गुरुङले कार्यक्रमको प्रमुख उद्देश्य समाजमा सेवा र सहकार्यको भावना विकास गर्नु रहेको बताउनु भएको थियो।

    कार्यक्रममा भविष्य निर्माण माविका कक्षा ९ मा अध्ययनरत विद्यार्थी सुन्दर थापालाई छात्रवृत्ति अन्तर्गत नगद तथा शैक्षिक सामग्री (कपि–किताब) प्रदान गरिएको थियो।

    रक्तदान कार्यक्रम अन्तर्गत ३० पोइन्ट रगत संकलन गरिएको छ। संघले स्थापनाकालदेखि नै सामाजिक कार्यमा अग्रसर हुँदै आएको, विभिन्न सीपमूलक तालिम, रक्तदान, छात्रवृत्ति वितरण, उद्योग–व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा समेत योगदान गर्दै आएको छ।

    कार्यक्रमका विशिष्ट अतिथि झविन्द्र कडेलले संघलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। 

    कार्यक्रममा नेकपा एमाले नगर अध्यक्ष केशव भट्टराई र रुपन्देही व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकालले शुभकामना मन्तव्य राख्दै संघको कार्यको प्रशंसा गर्नुभयो।

    कार्यक्रम महासचिव हरिलाल भण्डारीको स्वागत र उपाध्यक्ष पिताम्बर खरेलको धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरिएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij