बिहिवार, आश्विन १५ गते २०८३
लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा दुना टपरी उद्योग संचालनमा आएको छ।देवदह नगरपालिका–६ केउलीमा दुना टपरी उद्योग सञ्चालनमा आएको हो।
सिडिएम नेपालको प्राविधिक सहयोग तथा कारितास नेपाल र स्पोनोलाको आर्थिक सहयोगमा पाल्पाली सामुदायिक बन उपभोक्ता समितिका ६ जना उपभोक्ताले उक्त उद्योग सञ्चालनमा ल्याएका हुन्।
आइतबार टपरी उद्योग संचालन गर्दै देवदह नगरप्रमुख ध्रुवप्रसाद खरेलले सामुदायिक उद्यमशिलतालाई प्रोत्साहन गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। स्थानीय बन पैदावारलाई कच्चा पदार्थका रूपमा प्रयोग गरेर सञ्चालन गरिएको यो उद्योगले स्थानीयमा रोजगारी सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो। आवश्यक परे थप मेसिन खरिदका लागि नगरपालिकाले सहयोग गर्ने नगर प्रमुख खरेलले प्रतिबद्धता गर्नुभयो ।
कार्यक्रममा देवदह नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङले उद्योगलाई धर्यतापूर्वक सञ्चालन गर्न सञ्चालकलाई आग्रह गर्दै यसले प्लाष्टिक मुक्त नगरपालिका बनाउने अभियानमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
सिडिएम नेपालले विपद् जोखिममा रहेका क्षेत्रका समुदायलाई आत्मनिर्भर बनाउने उद्देश्यले देवदह नगरपालिका–३ र ६ मा ‘समुदाय उत्थानशील परियोजना’ सञ्चालन गरिरहेको कार्यकारी निर्देशक धर्मराज घिमिरेले जानकारी दिनुभयो।
परियोजनामार्फत स्थानीय बन पैदावारमा आधारित दुना टपरी उद्योग, प्राङ्गारिक तरकारी खेती, नर्सरी र मल उत्पादनजस्ता स्वरोजगारमुखी कार्यमा २२० जना किसानलाई जोडिएको उहाँले बताउनुभयो।
उहाँका अनुसार सिडिएम नेपालले हाल ‘समुदाय उत्थानशील परियोजना’, ‘सुपर २’ र ‘अर्बन डीआरआर’ नामक तीन परियोजना सञ्चालन गरिरहेको छ। अर्बन डीआरआर लुम्बिनी प्रदेश सरकारसँगको समन्वयमा, सुपर
नेपालगञ्ज उपमहानगरमा र उत्थानशील परियोजना रुपन्देहीको देवदह, मर्चवारी, सम्मरीमाई, शुद्धोधन र सियारी गाउँपालिकामा सञ्चालन भइरहेको परियोजना संयोजक सुजन घिमिरेले जानकारी दिनुभयो।
देवदह–६ मा स्थापना गरिएको दुना टपरी उद्योगका लागि कारितास नेपाल र स्पोनोलाले दुई लाख ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको र सिडिएम नेपालले प्राविधिक सहयोग गरेको लेखा तथा प्रशासन प्रमुख लेखा भट्टराईले बताउनुभयो।
उद्घाटन कार्यक्रममा वडा नं. ६ का अध्यक्ष यमबहादुर थापाको अध्यक्षतामा वडा सदस्य रुपा ढुंगाना, विपद् तथा वातावरण शाखा प्रमुख रवि पाण्डे, पाल्पाली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सरोज थापा, मखमली कृषक समूहका अध्यक्ष लक्ष्मण राना, सरल यन्त्र बुटवलका सञ्चालक कृष्ण पन्थी, सिडिएम नेपालकी सामाजिक परिचालक वविता भुसाल लगायतले उद्योगको सफलताको शुभकामना व्यक्त गरेका थिए।
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij