लुम्बिनी पाना । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ ।परापुर्ब काल देखि सबैलाई देवता मान्ने चलन अन्तर्गत नाग, जो पातालको राजा मानिन्छ, तिनलाई पुजा गरेर शान्त पर्नु परम्परा रही आएको छ ।
श्रावन शुक्ल पंचमीलाई नाग पंचमीको रुपमा मनाईन्छ । पंचमी भन्नाले औंसीको पाँचौ दिन हो । यस दिन मूल ढोकामा गोबर लगाएर नागको चित्र टाँस्ने गरिन्छ । जल दुध र घिऊले सर्पलाई स्नान गराईन्छ । गहु दुबो धानको लावा दहि चामलको दुध (चौलानी) हरुले सर्पको पूजा गरिन्छ ।
नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ । साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने विश्वास गरिन्छ ।
नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागका चित्र वा प्रतिमालाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ ।
आजको दिन घरमा नागका चित्र टाँसेपछि खेतबारीमा खनजोत गर्न हुँदैन र नाग, सर्प लगायतका घस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij