लुम्बिनी पाना, पोखरा। सिन्धुलीबाट वेपत्ता भएका लोपोन्मुख हायू जातीका उर्मिला हायुका १६ जनाको परिवार पोखरामा भेटिएका छन्। सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ छेत्पाबाट बेपत्ता भएर पोखरामा भेटिएका ५२ वर्षीय उर्मिला हायूका परिवारलाई प्रहरीले आफन्तको जिम्मा लगाएको छ ।
सोमबार राति पोखरा महानगरपालिका-३० स्थित गगनगौंडामा भेटिएका उनीहरुलाई प्रहरीले धनबहादुर र अमिस तामाङको जिम्मा लगाएको हो । वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीलगायतको रोहबरमा उनीहरुलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । हायु परिवारले यही साउन १० गते मध्यराति थातथलो छोडेर बेपत्ता भएका थिए ।
एकै परिवारका १६ जना परिवारका सदस्य बेपत्ता भएको खबर पाएपछि सिन्धुली, रामेछाप र कास्की प्रशासनले खोजी गरेको थियो । सिन्धुलीबाट पोखरा पुगेर होटेलमा बसेका उनीहरु अन्ततः पोखराकै गगनगौंडामा भेटिएका थिए ।उनीहरुले छेत्पामा आफूहरू धेरै बिरामी हुने गरेकोले छोडेर हिँडेको र नफर्किने बताएका थिए ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij