लुम्बिनी पाना, देवदह । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयमा नागपञ्चमीको अवसर पारेर “नाग पञ्चमी विशेष चित्रकला प्रतियोगिता” सम्पन्न भएको छ । नेपाली संस्कृतिसँग विद्यार्थीलाई साक्षात्कार गराउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख ढुंडीराज मरासिनीको संयोजनमा सम्पन्न प्रतियोगितामा चार तह - पूर्व प्रा.वि., प्रा.वि., निम्न माध्यमिक र माध्यमिक -मा विभाजन गरि प्रतिस्पर्धा गराइएको थियो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरेले बोल्दै यस्ता साँस्कृतिक पर्वहरूमार्फत विद्यार्थीमा आफ्ना चाडपर्वप्रतिको अपनत्व बढाउने अवसर मिल्ने बताए । वर्षभरि यस्ता गतिविधिहरू सञ्चालन गर्दा विद्यार्थीको व्यक्तित्व विकाससँगै संस्कृति र परम्पराको जानकारीसमेत बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहायक प्रिन्सिपल वेद सूर्यवंशी, रोशी गुरुङ, मा.वि. इञ्चार्ज शक्तिविश्वकर्मा, अञ्जना वली, अस्मिता गुरुङ, मनमाया रूचाल लगायत शिक्षकहरूको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा सहभागी विद्यार्थीहरूको नतिजा सार्वजनिक भएपछि आगामी बुधबार विहानको प्रार्थना सभामा विजयीहरूलाई पुरस्कार वितरण गरिने अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीले जानकारी दिनुभयो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij