लुम्बिनी पाना, बुटवल । सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै सुशन भण्डारी क्षेत्रीले आफ्नो जन्मदिन फरक तरिकाले मनाएका छन्। उनले जन्मदिनको अवसरमा बुटवलस्थित अपाङ्ग आश्रममा रहेका दाजुभाइ, दिदीबहिनी तथा आमाबुबाहरुलाई खाना खुवाएर समाजमा सकारात्मक सन्देश दिदै जन्मदिन मनाएका हुन् ।
बाग्लुङ जिल्ला बरेङ्ग–२ मा घर भई हाल बुटवल उपमहानगरपालिका–९ मा 'होटेल सुमिट एण्ड लज' सञ्चालन गर्दै आएका पिता थम्मन बहादुर भण्डारी र माता गङ्गादेवी भण्डारीको कान्छो सुपुत्र २० वर्षीय सुशन क्षेत्री भण्डारीले जन्मदिनमा हुने फजुल खर्च कटौती गरी त्यसको सट्टा अपाङ्ग आश्रममा जन्मदिन मनाएका हुन्।
समाजसेवामा विशेष चासो राख्ने भण्डारीले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। समाजमा यस्ता सकारात्मक उदाहरणहरूबाट अरू युवाहरू पनि प्रेरित हुने विश्वास लिइएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij