सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

नेपाल इन्जिनियरिङ कलेजमा एसियन पेन्ट्स नेपाल क्यालिडोस्कोपकाे १३ औं संस्करण हुने

नेपाल इन्जिनियरिङ कलेजमा एसियन पेन्ट्स नेपाल क्यालिडोस्कोपकाे १३ औं संस्करण हुने

images
  • 503
    SHARES

  • images
    images
    images
    नेपाल इन्जिनियरिङ कलेजमा एसियन पेन्ट्स नेपाल क्यालिडोस्कोपकाे १३ औं संस्करण हुने
    images
    images
    images

    लुम्बिनी पाना, काठमाडाैं । चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) मा एसियन पेन्ट्स नेपाल क्यालिडोस्कोपकाे १३ औं संस्करण हुने भएकाे छ । वास्तुकला (आर्किटेक्चर) विभागले बुधबार प्रतियाेगितामा भाग लिनका लागि आर्किटेक्चर २०२० ब्याचका विद्यार्थीहरूलाई आब्हान गरेकाे छ ।


    प्रतियाेगितामा भाग लिन चाहने आर्किटेक्चर २०२० ब्याचका विद्यार्थीहरूलाई याे वर्षकाे अवधारणा र कार्यादेश समेत दिइएकाे छ । कार्यादेश अनुसार विद्यार्थीहरूले अगस्ट अन्तिम भित्र अवधारणा प्रस्तुत गर्नेछन् ।

    images
    images
    images

     ‘विद्यार्थीहरूलाई १३ औं संस्करणकाे एशियन पेन्ट्स नेपाल क्यालिडोस्कोपकाे अवधारणा र कार्यादेश दिएका छाैं । अगस्ट अन्तिम सम्ममा विद्यार्थीहरूले अवधारणा सहित फिल्ड भिजिट र डिजाइन तयार गर्नुहुन्छ ।’ कलेजकी आर्किटेक्चर विभागकी सहायक प्राध्यापक स्वेता अमात्यले बताउनु भयाे । उहाँका अनुसार प्रतियाेगितामा यस पटक देखि कलेज तहबाट उत्कृष्ट तीन डिजाइन मात्र राष्ट्रिय प्रतियाेगितामा छनाैट हुनेछन् ।

    स्नातक तहकाे चाैथाे वर्षमा अध्ययनरत आर्किटेक्चर विद्यार्थीहरू विचकाे प्रतिष्पर्धामा कलेज तहमा उत्कृष्ट डिजाइनलाई आकर्षक नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र दिइने छ । क्यालिडोस्कोप इन्ट्रा कलेज राउण्ड अफ एसियन पेन्ट्स आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइन स्टुडेन्ट्स अवार्ड २०२३ मा कलेजकी विद्यार्थी पुजा राई सर्वोत्कृष्ट हुँदै ५० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेकी थिइन् ।

    आर्किटेक्चरहरूले हासिल गरेकाे ज्ञान, सीप र कलालाई प्रतियाेगिताले राष्ट्रिय लेवलमा उजागर गर्ने अपेक्षा गरिएकाे कलेजका आर्किटेक्चर विभागका प्राध्यापक दीपक पन्तले बताउनु भयाे । राष्ट्रिय प्रतियाेगितामा देशभरका १२ आर्किटेक्चर कलेजका विद्यार्थीहरूकाे प्रतिष्पर्धा हुनेछ ।नेक-आर्किटेक्चर विभाग सन् २०१२ देखि एसियन पेन्ट्स नेपालसँग आबद्ध छ । जहाँ सन् २००८ ब्याचको लागि पहिलो एशियन पेन्ट्स आर्किटेक्चर डिजाइन प्रतियोगिता गरिएको थियो ।

    शीर्ष १५ विजेताहरूले एशियन पेन्ट्स नेपालको वार्षिक क्यालेन्डर मार्फत वास्तुकला उद्योगमा एक्सपोज पाउने छन् । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा इन्जिनियरिङका स्नातक तथा स्नातकोत्तर तहको अध्ययन अध्यापन हुने गरेको छ ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij