बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

एनआरएनए यूएईका महासचिव वाग्ले निलम्बित

एनआरएनए यूएईका महासचिव वाग्ले निलम्बित

images
  • 349
    SHARES

  • images
    images
    images
    एनआरएनए यूएईका महासचिव वाग्ले निलम्बित
    images
    images
    images

    निशान्त पाठक, युएई । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी यूएईका महासचिव भुवन कुमार वाग्लेलाई संगठनको कार्यशैली, आन्तरिक शिष्टाचार, मर्यादा र जिम्मेवारीको गम्भीर उल्लंघन गरेको ठहर गर्दै पूर्ण रूपमा निलम्बन गरिएको छ।

    निरन्तर गैरजिम्मेवार व्यवहार, अध्यक्ष तथा कार्यसमितिसँग समन्वयविहीन क्रियाकलाप, सामाजिक सञ्जालमा अमर्यादित अभिव्यक्ति, पूर्व अध्यक्षहरू तथा पदाधिकारीहरूप्रति अवहेलनापूर्ण व्यवहार, गालीगलौज, लाञ्छना, आरोप, असामाजिक तथा अपारदर्शी गतिविधिहरूमा संलग्नता, संस्थामा विग्रह र अव्यवस्था सिर्जना गर्नेजस्ता कारणले उनलाई संगठनबाट हटाइएको हो।

    images
    images
    images

    संस्थाको २०७९ को विधानको धारा ३४ अनुसार महासचिव बानेलमाथि आन्तरिक अनुशासन समिति, शुभचिन्तक तथा पदाधिकारीहरूको एकमत रायका आधारमा अनुसन्धान गरिएको थियो। सोही अनुशन्धानको निष्कर्ष अनुसार संस्थाका अध्यक्ष विकास शाहीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार आजैदेखि लागू हुने गरी बानेललाई संस्थाका सबै पद, जिम्मेवारी तथा अधिकारबाट पूर्ण रूपमा निलम्बन गरिएको छ।३ संगठनले सम्पूर्ण नेपाली समुदायप्रति संयम, मर्यादा र ऐक्यबद्धताको भावना बलियो बनाउँदै अघि बढ्ने प्रतिबद्धता समेत जनाएको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij