लुम्बिनी पाना, देवदह ।रुपन्देहीको देवदहमा तीजको अवसर पारेर आयोजना हुने सौन्दर्य प्रतियोगिता ‘तीज क्वीन देवदह’ को तेस्रो संस्करण हुने भएको छ। नेपाल ब्युटी प्याराडाइसको आयोजना तथा स्वेच्छा मेकओभरको मुख्य प्रायोजनमा हुने प्रतियोगिताबारे बुधवार पाठक फुडल्याण्डमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।
कार्यक्रम संयोजक अन्जु श्रेष्ठका अनुसार प्रतियोगितामार्फत देवदहको पर्यटकीय क्षेत्रको प्रचार–प्रसारसँगै नयाँ प्रतिभाको खोजी गरिनेछ। साउन १७ गतेदेेेखि सुरु हुने प्रतियोगिताको ग्रान्ड फिनाले भदौको पहिलो साता हुनेछ।
प्रतियोगिता चार चरणमा सञ्चालन हुनेछ, नृत्य, परिचय, फेसन शो, र प्रश्न–उत्तर गरी अन्तिम चरणमा ५ जना उत्कृष्ट प्रतिस्पर्धी छनोट गरिनेछ।
स्वेच्छा मेकओभरकी सञ्चालक स्वेच्छा श्रेष्ठको स्वागत मन्तव्यसहित पत्रकार सम्मेलनमा कार्यक्रमका विविध पक्षबारे जानकारी दिइएको थियो।
प्रतियोगितामा हाल सम्म १० जनाले फर्म भएको र साउन १६ गतेसम्म फर्म दर्ता खुल्ला रहने जानकारी गराइएको छ ।
टाइटल विनरलाई नगद १० हजार रुपैयाँ सहित विविध पुरस्कारले सम्मान गरिनेछ।त्यस्तै फस्ट रनर अपले नगद ७ हजार रुपैयाँ र सेकेन्ड रनर अपले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
त्यसैगरी, मस्ट ट्यालेन्ट, पब्लिक चोइस र बेस्ट ड्रेस विधामा समेत विशेष पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिता सम्पन्न गर्न कुल अनुमानित खर्च ३ लाख ६५ हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ। सहभागिता शुल्क ३५०० रुपैयाँ तोकिएको छ।
यसअघि सम्पन्न प्रतियोगिताको दुई संस्करणमा कमला अर्याल ् सृजना श्रेष्ठ विजेता बनेका थिए।
प्रतियोगिता अवधिमा देवदहका ऐतिहासिक तथा पर्यटकीय स्थलहरूमा फोटोशुट गरिनेछ भने सृष्टि शाक्यको कोरियोग्राफी रहनेछ।
विजेतालाई स्वेक्छा मेकओभरको तर्फबाट प्रोफेसनल ब्यूटी ट्रेनिङ समेत निःशुल्क प्रदान गरिने आयोजक संस्थाले जानकारी दिएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij