मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

आत्मरक्षा सहकारीको १३ औं स्थापना दिवसमा मानव सेवा आश्रममा भोजन कार्यक्रम

आत्मरक्षा सहकारीको १३ औं स्थापना दिवसमा मानव सेवा आश्रममा भोजन कार्यक्रम

images
  • 532
    SHARES

  • images
    images
    images
    आत्मरक्षा सहकारीको १३ औं स्थापना दिवसमा मानव सेवा आश्रममा भोजन कार्यक्रम
    images
    images
    images

    केशव पराजुली, देवदह। देवदह नगरपालिका–१०, भलुहीमा केन्द्रिय कार्यालय रहेको आत्मरक्षा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १३ औं स्थापना दिवस विशेष ढंगले मनाएको छ। संस्थाले बुटवलस्थित मानव सेवा आश्रममा पुगेर भोजन सत्कार कार्यक्रमको आयोजना गर्दै समाजसेवाको उदाहरणीय कार्य सम्पन्न गरेको हो।

    संस्थाका अध्यक्ष राजेन्द्र पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देवदह नगरपालिकाका पूर्व नगर प्रमुख तथा संस्थाका प्रमुख सल्लाहकार हिरा बहादुर खत्री प्रमुख अतिथि रहेका थिए। उनले मानव सेवामा समर्पित संस्थाहरूले यस्ता कार्यलाई निरन्तरता दिनुपर्ने बताए। “सामाजिक उत्तरदायित्व अन्तर्गत गरिने यस्ता कार्यक्रमहरूले सेवाभाव अभिवृद्धि गर्छ,” उनले भने।

    images
    images
    images

    कार्यक्रममा संस्थाका सह–व्यवस्थापक हर्क खत्रीले भोजन कार्यक्रम सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको जानकारी गराए।

    संस्थाका उपाध्यक्ष खेमलाल चापागाईंले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव लता चापागाईंले गरेकी थिइन्।

    कार्यक्रममा संस्थापक अध्यक्ष लेट बहादुर पुन, निवर्तमान अध्यक्ष जित बहादुर पाईजा, सल्लाहकार हस्त बहादुर थापा, देवदह–१० का वडा सदस्य तथा पूर्व उपाध्यक्ष अमर लामिछाने, देवदह–९ की वडा सदस्य तथा पूर्व सञ्चालक कृष्णमाया राना, लेखा सुपरिवेक्षण समिति सदस्यहरू, शेयर सदस्य तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij