लुम्बिनी पाना, बुटवल । मुक्ती समाज नेपाल, रुपन्देही जिल्ला कमिटीको दोस्रो पुर्ण बैठक एवम् मुक्ती समाजको मिति २०८२ जेठ ५ देखि ७ गते सम्म सम्पन्न सातौं राष्ट्रिय सम्मेलनबाट रुपन्देही बाट निर्वाचित हुनुभएका कमरेडहरुलाई सम्मान तथा बधाई कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा एमाले रुपन्देहीका जिल्ला अध्यक्ष यज्ञ गैरेको प्रमुख अतिथिमा सम्पन्न भएको उक्त कार्यक्रम मुक्ती समाज नेपाल, रुपन्देही जिल्ला कमिटीले विभिन्न सृजनशिल कार्यक्रम मार्फत रुपन्देही जिल्लाका दलित समुदायलाई जोड्दै अघि बढ्ने निर्णय गरेको छ ।
मुक्ती समाज, रुपन्देही जिल्ला अध्यक्ष विकास गहतराजको अध्यक्षता सम्पन्न कार्यक्रममा केन्द्रिय जिम्मेवारी प्राप्त गर्ने प्रतिनिधिहरुलाई सामाजिक न्याय, समानता, जातीय भेदभाव तथा छुवाछूत विरुद्धको अभियानमा निरन्तर योगदानको अपेक्षा सहित उत्तरोत्तर प्रगतिको कामना गर्दै प्रमाणपत्र र खादाले सम्मान गरिएको थियो ।
उक्त कार्यक्रम मुक्ती समाज नेपाल, रुपन्देही जिल्ला सचिव सुमित्र बरालको संचालन र भिम लाखमानको स्वागत तथा चम्पा गहतराजले केन्द्रीय सर्कुलर वाचन गरेका थिए ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij