बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

बुटवल – नारायणगढ सडक आयोजनाको म्याद एक वर्ष थपियो

बुटवल – नारायणगढ सडक आयोजनाको म्याद एक वर्ष थपियो

images
  • 678
    SHARES

  • images
    images
    images
    बुटवल – नारायणगढ सडक आयोजनाको म्याद एक वर्ष थपियो
    images
    images
    images

     

    छोटकरी 

    images
    images
    images

    -सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बुटवल – नारायणगढ सडक आयोजनाको म्याद एक वर्ष थप गरेको छ। 

    -हालसम्म पूर्वीखण्डमा दाउन्ने बाहेकका सबै ठाउँमा कालोपत्रको काम सकिएको र बाँकी काम पनि एकवर्षभित्र सकिने 

    -सडक विस्तारको जिम्मा पाएको चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले थप भएको समयभित्र सबै काम सकाउन कठिन भएको जानकारी 

     

    लुम्बिनी पाना। पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको बुटवल – नारायणगढ सडक आयोजनाको म्याद एक वर्ष थप गरिएको छ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बुटवल – नारायणगढ सडक आयोजनाको म्याद एक वर्ष थप गरेको हो। 

    हाल सडक निर्माण कार्य ७० प्रतिशत मात्रै पूरा भएको छ भने तेस्रोपटक थपिएको म्याद पनि सकिएको छ।  चौथो पटक को लागि विसं २०८३ साउन ७ गतेसम्म सडकको म्याद थप गरिएको हो।

    नारायणघाट–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार ‘चौथोपटक थप भएको म्याद अन्तिम हो,’ ‘निर्माण कम्पनीले यस अवधिमा सडक निर्माण पूरा गर्ने प्रतिबद्धता जनाएकाले म्याद थप गरिएको उनको भनाई छ। 

    हालसम्म पूर्वीखण्डमा दाउन्ने बाहेकका सबै ठाउँमा कालोपत्रको काम सकिएको जानकारी दिँदै उनले बाँकी काम पनि एकवर्षभित्र सकिने बताए। पछिल्लो समय निर्माण कम्पनीले सडक विस्तारमा तीव्रता दिएको छ,’ उनले भने, ‘अहिले जनशक्ति दाउन्ने सडकको ढलान गर्न र बाँकी रहेका दुई वटा पुल निर्माण गर्न केन्द्रित भएका छन्।’

    थप गरिएको समयमा पूर्वी खण्डको करिब ६५ किलोमिटर चार लेन सडक, सडकको बीचमा रहने डिभाइडर, साढे १७ किलोमिटर सर्भिस लेनको काम सकिने खनालको भनाइ छ।

    सडक विस्तारको जिम्मा पाएको चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले भने थप भएको समयभित्र सबै काम सकाउन कठिन भएको जनाएको छ। कर्पोरेसनका ठेक्का सह व्यवस्थापक राकेश झाले आफूहरुले काम पूरा गर्न १८ महिना लाग्ने भन्दै सोहीअनुसार म्याद थप मागेको भए पनि सरकारले एक वर्षमात्रै म्याद थप गरेको बताए।

    त्यस्तै बर्दघाटदेखि बुटवल सम्मको पश्चिम खण्डमा देवदह नगरपालिका ९ को घोडाहामा बाहेक अन्य ठाउँमा एकतर्फी कालोपत्रे सम्पन्न भैसकेको छ। अब सर्भिस लेन र कालोपत्रे गर्न बाकी ठाउँको कामलाई तिब्रता दीईने जनाइएको छ। 

    ‘थपिएको समयमा सडकको काम पूरै सकाउन कठिन छ,’ उनले भने, ‘हामीले तोकिएकै समयमा काम सक्ने प्रयास गर्छौँ तर, योजनाअनुसार काम गर्दा फुटपाथ निर्माण र सडक सुन्दर बनाउने काम बाँकी हुनसक्छ।’

    निर्माण कम्पनीले सात वर्ष अगाडि नेपाल सरकारसँग ४२ महिनाभित्र सडक विस्तार पूरा गर्ने सम्झौता गरी विसं २०७५ साल माघ २४ गतेदेखि काम सुरु गरेको थियो। कूल ११४ किलोमिटर सडकमध्ये पूर्वी खण्ड (गैँडाकोट-दाउन्ने) ६५ किलोमिटरको लागत रु नौ अर्ब १३ करोड १८ लाख ९५ हजार तथा पश्चिम खण्ड-दाउन्ने-बुटवल) ४९ किलोमिटरको लागत रु सात अर्ब ८६ करोड ३४ लाख गरी जम्मा रु १६ अर्ब ९९ करोड ५२ लाख रहेको छ। 

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij