बिहिवार, आश्विन १५ गते २०८३
लुम्बिनी पाना, दोभान । सिद्दार्थ राजमार्गको बुटवल-दोभान-झुम्सा सडकखण्ड १५ घण्टादेखी अबरुद्ध भएको छ। राजमार्गको सिद्दबाबा क्षेत्र, दोभान सहितका ठाउँमा सानाठूला पहिरो गएको कारण सडक खण्ड अबरुद्ध भएको हो।
पहिरो ४,५ ठाउँमा खसेको र निरन्तरको वर्षाका कारण तत्काल सडक सुचारू हुने सम्भावना नभएको प्रहरी चौकी दोभानले लुम्बिनी पाना पत्रीकालाई जानकारी दिएको छ।
सडकमा साना ठूला पहिरो खसेको छ, पानी परिरहेको कारण जोखिम हुन सक्ने भन्दै मोटरसाइकल, बोलेरो लगायत साना सवारीको लागी वैकल्पिक मार्ग बेलबास नुवाकोट, दोभान सडक प्रयोग गर्न सकिने तिनाउ गाउँपालिका -३ का वडा अध्यक्ष चित्र बहादुर थापाले जानकारी दिए।
पहिरोका कारण सोमबार बेलुका ७ बजेबाट अबरुद्ध भएको बुटवल-दोभान-झुम्सा सडकखण्डमा बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij