बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

शितलनगरमा सञ्चालनमा आयो शिवगंगा डेरी उद्योगको बिक्री केन्द्र

शितलनगरमा सञ्चालनमा आयो शिवगंगा डेरी उद्योगको बिक्री केन्द्र

images
  • 497
    SHARES

  • images
    images
    images
    शितलनगरमा सञ्चालनमा आयो शिवगंगा डेरी उद्योगको बिक्री केन्द्र
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । देवदह नगरपालिका पूर्व मेयर तथा व्यवसायी हिरा बहादुर केसीले देवदह -७ को शितलनगर स्थित कोशेली भवनबाट शिव गंगा डेरीबाट उत्पादित दूध र दुग्धजन्य पदार्थ बिक्री केन्द्र संचालनमा ल्याउनुभएको छ।

    देवदह -१० को भलुहीमा रहेको शिवगङ्गा डेरी उद्योगमा उत्पादित हुने प्रशोधित दुध, दहि, पनिर, घ्यु, चिज, खोवा, बटर र नौनी लगायत खाद्य सामाग्री विक्री केन्द्र संचालनमा ल्याइएको केसीले जानकारी दिनुभयो।

    images
    images
    images

    बिक्री केन्द्र सुभारम्भ समारोह हिरा केसी भन्नुभयो “म विगत ३५ वर्षदेखि दूधसँग जोडिएको छु। दूधको क्यान उठाउने, ठेला तान्ने देखि ट्यांकर कुदाउनेसम्मका उतारचढावका अनुभवहरु छन्। तर जुनसुकै काम खुशीका साथ गरेको छु।”

    उहाँले थप्नुभयो, “दूध संकलन, प्रशोधन र बजारीकरण गर्दै आएको भए पनि अहिलेसम्म आफ्नै बिक्री केन्द्र थिएन। कोसेली भवनमा स्थानीय उत्पादन र शिवगंगा डेरीका दूध तथा दुग्धजन्य पदार्थ बिक्रीका लागि आफ्नै बिक्री केन्द्र सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो।

    केसीले राजनीति सङ्गै कृषि उत्पादन र व्यवसायलाई निरन्तरता दिदै आउनुभएको छ। नयाँ पुस्ताका व्यवसाय गर्ने सोच भएका युवाहरू तथा स्टार्ट अप गर्न चाहानेहरुका लागी उहाँको व्यवसयिक निरन्तरता प्रेरणादायी भन्ने विश्वास व्यक्त गरिएको छ।

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij