मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

व्यवस्थापन तर्फ नेपाल प्रथम भएको ग्रीन प्लान्ट आवासीय माविको दावी

व्यवस्थापन तर्फ नेपाल प्रथम भएको ग्रीन प्लान्ट आवासीय माविको दावी

images
  • 295
    SHARES

  • images
    images
    images
    व्यवस्थापन तर्फ नेपाल प्रथम भएको ग्रीन प्लान्ट आवासीय माविको दावी
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदह -७ मा अवस्थित ग्रीन प्लान्ट आवासीय माविले हालै प्रकाशित कक्षा १२ को नतिजामा व्यवस्थापन संकायतर्फ देशभरकै उच्चतम नतिजा ल्याएको दाबी गरेको छ।

    विद्यालयका अनुसार उक्त संकायका स्वस्तिका गोतामेले ३.९५ जिपिए हासिल गरेकी छन् । जुन व्यवस्थापन संकायतर्फ हालसम्मकै उच्चतम देखिएको छ। विज्ञान संकायमा देशभरबाट अधिकतम ३.९६ जिपिए प्राप्त भए पनि व्यवस्थापनतर्फ ३.९५ जिपिए नै शीर्षमा रहेको विद्यालयको दाबी छ।

    images
    images
    images

    बुधबार आयोजित पत्रकार सम्मेलनमा प्राचार्य राजीव सापकोटाले विद्यालयले २०६४ सालदेखि प्लस टु (+२) तहको कक्षा सञ्चालन गर्दै आएको छ । हाल प्रत्येक वर्ष करिब २०० जना विद्यार्थीहरू +२ मा भर्ना भइ अध्ययन गर्दै आएको बाताउनुभयो ।

    कक्षा ८ मा समेत विद्यालयले नगरपालिका स्तरमा प्रथम स्थान प्राप्त गर्न सफल भएको र विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कसर बाकी नराखिएको प्राचार्य सापकोटाको भनाई थियो।

    सोही अवसरमा बोल्दै विद्यालयका प्रबन्ध निर्देशक एक नारायण काफ्लेले विद्यालय देवदहकै पुरानो र संस्थागत तर्फ अग्रणी शैक्षिक संस्था भएको उल्लेख गर्नुभयो ।

    यसैगरी विद्यालयका अध्यक्ष विष्णु पोख्रेलले यो उपलब्धिलाई विद्यालयको शिक्षण परम्परा, विद्यार्थीको लगनशीलता, शिक्षकहरूको समर्पण र अभिभावकहरूको साथको प्रतिफल भएको बताउनुभयो । 

    यस वर्ष विद्यालयबाट १८३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए, जसमा ११३ जना उत्तीर्ण भई ६१.७५ प्रतिशत नतिजा हासिल गरेका छन्। तीमध्ये ३.६० देखि ४.०० जिपिए ल्याउने ११ जना, ३.२० देखि ३.६० ल्याउने २९ जना, २.८० देखि ३.२० ल्याउने ४१ जना र २.४० देखि २.८० ल्याउने ३२ जना रहेका छन्।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij