बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

उत्तराखण्ड बाढीमा जाजरकोटका १३ र बर्दियाका ४ जना बेपत्ता

उत्तराखण्ड बाढीमा जाजरकोटका १३ र बर्दियाका ४ जना बेपत्ता

images
  • 242
    SHARES

  • images
    images
    images
    उत्तराखण्ड बाढीमा जाजरकोटका १३ र बर्दियाका ४  जना बेपत्ता
    images
    images
    images

    लुम्बिनी पाना।  भारतको उत्तराखण्डमा आएको बाढीमा भारतीय नागरिक संग्गे नेपालका पनि केहि नागरिक वेपत्ता भएक पुष्टि भएको छ।  बढीमा परेर जाजरकोटका १३ जना र बर्दियाका चार जना नेपाली बेपत्ता भएका छन्।

    कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले विज्ञप्ति जारी गरेर गाउँपालिकाका १३ जनाभन्दा बढी बेपत्ता भएको जनाएका हुन् ।

    images
    images
    images

    उक्त बाढी तथा पहिरोमा कुशे गाउँपालिका वडा नं. २ का करिब १३ जनाभन्दा बढी र अन्य वडाका केही व्यक्तिहरू पनि सम्पर्कमा नरहेकाले हराएको हुनसक्ने जानकारी सामाजिक सञ्जालमार्फत प्राप्त भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हराएकाहरुको खोजी तथा उद्दार कार्यलाई द्रुत र प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्न नेपाल सरकार, परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गरिदिनका लागि प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

     

    बुधबार दिउँसो आएको बाढीमा परेर एक सय बढी बेपत्ता छन् । पाँच जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । नयाँ दिल्लीस्थित नेपाली दूतावासले नेपाली बेपत्ता भएको विषयमा भारतीय पक्षसँग समन्वय भइरहेको जनाएको छ ।

     

     

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij