लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदह -५ मा अवस्थित देवदह मदर टङ्ग्स एकेडेमीमा आज शुक्रबार विविध शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरू सम्पन्न भएको छ। अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीहरूको उमेर र कक्षा अनुसार विभिन्न गतिविधिहरू सञ्चालन गरिएको थियो।
नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूले रक्षाबन्धन समारोह मनाएका थिए। प्रेम, स्नेह र सुरक्षाको सम्बन्धलाई उजागर गर्ने यस कार्यक्रममा विद्यालयका भाइस–प्रिन्सिपल यमलाल शर्माले प्रशिक्षण प्रदान गरेका थिए ।
कक्षा ६ देखि १० सम्मका छात्राहरूले परम्परागत सीप तालिममा सहभागिता जनाएका थिए । बत्ती बनाउने र दुना–टपरी खुट्ने जस्ता परम्परागत सीपहरू सिकाउने प्रशिक्षण भारती शर्मा र ज्ञानुकला न्यौपानेले दिएको विद्यालयका प्रबन्ध निर्देशक भिम प्रसाद गुरुङले जानकारी दिनुभयो।३ यस्तै, कक्षा ६ देखि १० सम्मका छात्रहरूका लागि होटल म्यानेजमेन्ट सम्बन्धी मोटिभेसनल तालिम आयोजना गरिएको थियो। होटल क्षेत्रमा भविष्यका अवसर र सम्भावनाबारे ओस्टिल क्याफेका प्रोपाइटर भानु पङ्गेनीले दिएका थिए।
विद्यालय प्रशासनले बालबालिकालाई यस प्रकारका गतिविधिमा सहभागी गराएर शैक्षिक तथा व्यवहारिक ज्ञानमा सशक्त बनाउन नियमित अतिरिक्त क्रियाकलाप गर्दै आएको विद्यालयका प्राचार्य राम बहादुर गुरुङले जानकारी दिनुभयो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij