लुम्बिनी पाना, देवदह । देवदह रुपन्देहीकोदेवदह ७ स्थित देवदह इङ्लिस बोर्डिङ हाई स्कुलमा साप्ताहिक रुपमा सञ्चालन हुने अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षागत तथा अन्तर्सदनात्मक अंग्रेजी निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ। सब–जुनियर (कक्षा १ र २) तर्फ अनुमिता मण्डल प्रथम, श्रीयन साहु द्वितीय र यस्ना आले मगर तृतीय भएका छन्। जुनियर (कक्षा ३ र ४) तर्फ आदित्य चापागाई प्रथम, अनु पौडेल द्वितीय र सिवानी भट्टराई तृतीय भएका छन्।
अन्तर्सदनात्मक सब–सिनियर (कक्षा ५ देखि ७) तर्फ निलो सदनकी ससिका खनाल प्रथम, पहेलो सदनका ओसिन बुढाथोकी द्वितीय र हरियो सदनका एडीन गुरुङ तृतीय बने। सिनियर (कक्षा ८ देखि १०) तर्फ निलो सदनकी एलिना गाहा प्रथम, निलो सदनकै प्रिस के.सी. द्वितीय र पहेलो सदनकी नम्सु राना तृतीय भए।
कार्यक्रम विद्यालयका कार्यवाहक प्राचार्य मन बहादुर क्षेत्रीको अध्यक्षता, अतिरिक्त क्रियाकलाप संयोजक सोनिया खनालको सहजीकरण तथा शिक्षक अमृत शर्माको सञ्चालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij