लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा ३१ औं विश्व आदिवासी दिवस भब्य रुपमा मनाइएको छ । शनिबार दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ देवदह समन्वय परिषद्को नेतृत्वमा देवदहमा जनजाती दिवस मनाइएको हो ।

देवदह -३ स्थित महासंघको कार्यालयमा आयोजित कार्यक्रममा मगर,गुरुङ, थारु, नेवार, ,भुजेल र कुमाल लगाएतका जातीय संस्थाहरुले परम्परात पोशाकमा सजिएर र्यालीमा सहभागी भई कार्यक्रमको मूल समारोहमा सहभागी भएका थिए।
कार्यक्रममा महासंघका पूर्व अध्यक्ष एवं सल्लाहकार शंकर गाहाले आदिवासी जनजातीको हक अधिकार सुनिश्चितताका लागी संगठित भएर लाग्नुपर्नेमा जोड दिनुभयो।
उहाँले आदिवासी जनजातिहरु पहुँच नहुदा पछाडी परेको बताउँदै आदिवासी जनजातिको हक अधिकार सुनिश्चितता र क्षमता विकासाका लागि राज्यले लगानी गर्नुको साटो उपेक्षा गरेकोले एकीकृत भएर आवाज बुलन्द गर्नुपर्ने उद्घोष गर्नुभयो।
सोही अवसरमा बोल्दै भाषाविद भिम प्रसाद गुरुङले भाषा र संस्कृतिको संरक्षण सम्बर्द्धन गर्नु अत्यावश्यक रहेको बताउनुभयो। आदिवासी जनजातिले आफ्नो पहिचान गुम्न दिन नहुने विचार व्यक्त गर्दै गुरुङले प्रबर्द्धनका लागी अभियान नै संचालन गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा विभिन्न संस्था एवं एकल जातीय संघ संस्थाबाट प्रतिनिधित्व गर्दै आदिवासी जनजातीको उथ्थानका लागि लाग्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रम महासंघ देवदह समन्वय समितिका अध्यक्ष मिना श्रेष्ठको अध्यक्षता र उपाध्यक्ष किशन बहादुर थापाको स्वागत र कुशल श्रेष्ठ र संध्या श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij