बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदह–९ मा प्रथम श्रावणी स्नान तथा ऋषितर्पणी अनुष्ठान

देवदह–९ मा प्रथम श्रावणी स्नान तथा ऋषितर्पणी अनुष्ठान

images
  • 504
    SHARES

  • images
    images
    images
    देवदह–९ मा प्रथम श्रावणी स्नान तथा ऋषितर्पणी अनुष्ठान
    images
    images
    images

    साउन २४, देवदह ।देवदह नगरपालिका -९ स्थित ऐतिहासिक एवं धार्मिक स्थल मंगल पुष्करणी दहमा शुक्रबार प्रथम श्रावणी स्नान तथा ऋषितर्पणी अनुष्ठान सम्पन्न भएको छ।१

    स्थानीय संस्कार तथा धार्मिक परम्पराको संरक्षण र प्रचार–प्रसारका उद्देश्यले आयोजित यस कार्यक्रम अन्तर्गत ५५ जनाले स्नान गरेका छन्। सोही अवसरमा ऋषितर्पणी अनुष्ठान पनि सम्पन्न गरिएको थियो।

    images
    images
    images

    देवदह–९ का वडाध्यक्ष मोहन जिसीले मंगल पुष्करणी दहको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वका कारण यसको पर्यटन प्रवर्द्धनमा विशेष ध्यान दिइनुपर्ने बताएका छन्। उनका अनुसार यस्ता कार्यक्रमहरूले स्थानीय पर्यटनमा थप उत्साह र चहलपहल ल्याउने अपेक्षा गरिएको छ।

    नियमित रुपमा स्नान गर्नका लागी स्थायी संरचना बनाउने योजना रहेको बताउँदै वडा अध्यक्ष जिसिले नियमित पर्यटकहरुको आगमनका लागी दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिएका थिए।

     

    यस अगाडी बैशाखमा ९ नम्बर वडा कार्यालयको आयोजना र देवदह नगरपालिकाको संरक्षणमा प्रथम मंगलपुष्करिणी दह धार्मिक महोत्सव आयोजना गरिएको थियो ।साथै दहमा महापरित्राण पाठ समेत गरिएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij