लुम्बिनी पाना, देवदह । नेपाल लायन्स दिवसको अवसरमा सेवा कार्यलाई सधैं स्वार्थभन्दा माथि राख्दै मानव मात्र नभई पशु सेवा प्रति पनि समर्पित उद्देश्यसहित लायन्स क्लब अफ देवदह युनाईटेड तथा लायन्स क्लब अफ देवदह पाकरी वृक्षको संयुक्त आयोजनामा देवदह–१० स्थित कामधेनु गौशालामा गौमाताहरुलाई अन्न–गुण आहार वितरण गर्दै पुण्य कार्य सम्पन्न गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथि लायन विष्णु प्रसाद पौडेल, विशिष्ट अतिथि तथा कामधेनु गौशाला रुपन्देहीका संरक्षक योगी सोमराज गुरु र लायन माधव आचार्यले सेवा कार्यको महत्वबारे शुभकामना मन्तव्य व्यक्त गरे। वक्ताहरूले लायन्स क्लबले समाजसेवा मात्र नभई जीव–जन्तुको संरक्षण र पालनमा देखाएको सक्रियताप्रति खुशी व्यक्त गरे।
कार्यक्रमको सञ्चालन क्लबका सचिव लायन प्रविण गौडेलले गरेका थिए। लायन गणेश सापकोटा र उषा सुवेदीको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन नानी गुरुङ रानाले अतिथिहरूलाई स्वागत गरेका थिए भने लायन माधव आचार्यले धन्यवाद ज्ञापन गरेका थिए।
लायन्स दिवसको यो कार्यक्रमलाई उपस्थित सदस्य र स्थानीयले धार्मिक, सामाजिक र मानवीय मूल्यको उदाहरणका रूपमा प्रशंसा गरेका थिए।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij