बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

संघीय आयोजना प्रभावकारी कार्यान्वयनका लागि देवदहमा अनुगमन तथा सहजीकरण बैठक

संघीय आयोजना प्रभावकारी कार्यान्वयनका लागि देवदहमा अनुगमन तथा सहजीकरण बैठक

images
  • 567
    SHARES

  • images
    images
    images
    संघीय आयोजना प्रभावकारी कार्यान्वयनका लागि देवदहमा अनुगमन तथा सहजीकरण बैठक
    images
    images
    images

    यी हुन् कार्यान्वयन हुने मुख्य परियोजना

    images
    images
    images

    -भलुही–चरङ्गे सडक निर्माण (देवदह–१०) – रु. १ करोड ५० लाख
    -नरबहादुर नेपाली स्मृति खेलमैदान स्तरोन्नति (देवदह–५, पानबारी) – रु. १ करोड ५० लाख
    -जीवन विज्ञान योग प्रयोगशाला भवन निर्माण (देवदह–२) – रु. १ करोड ५० लाख
    -कदमीपुर–रेहेरा–रामपुर चौराहा सडक स्तरोन्नति (देवदह–११) – रु. १ करोड ५० लाख

    लुम्बिनी पाना, देवदह । संघीय सरकारको शहरी विकास मन्त्रालयबाट आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजित योजनाको प्रभावकारी कार्यान्वयन तथा सहजीकरणका लागि देवदह नगरपालिकामा बैठक सम्पन्न भएको छ।

    1754827426228.jpg

    नगर प्रमुख ध्रुवप्रसाद खरेलको अध्यक्षता र प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले संघीय आयोजना कार्यान्वयन सहजीकरण समिति गठन गरेको छ। समितिको संयोजक नगर प्रमुख खरेल, सह–संयोजक विद्यालक्ष्मी गुरुङ, सदस्यहरूमा नगर प्रवक्ता गणेश डुम्रे, देवदह–१० का वडाअध्यक्ष यकबहादुर सुनार, ९ का वडाअध्यक्ष मोहनबहादुर जिसी, २ का वडाअध्यक्ष दलबहादुर राकासकोटी, ११ का वडाअध्यक्ष दुधनाथ यादव, जीवन विज्ञानका नमकान्त पाण्डे, नगर खेलकुद समितिका संयोजक कमल पाण्डे, नगरपालिका इञ्जिनियर राजकुमार यादव, देवदह खानेपानीका अध्यक्ष गुमानसिंह कुवर र बेद गिरी रहेका छन्।

    IMG_20250810_174527.jpg

    1754827417525.jpg

    आर्थिक वर्ष २०८२/०८३ मा कार्यान्वयन हुने मुख्य परियोजनाः

    -भलुही–चरङ्गे सडक निर्माण (देवदह–१०) – रु. १ करोड ५० लाख
    -नरबहादुर नेपाली स्मृति खेलमैदान स्तरोन्नति (देवदह–५, पानबारी) – रु. १ करोड ५० लाख
    -जीवन विज्ञान योग प्रयोगशाला भवन निर्माण (देवदह–२) – रु. १ करोड ५० लाख
    -कदमीपुर–रेहेरा–रामपुर चौराहा सडक स्तरोन्नति (देवदह–११) – रु. १ करोड ५० लाख

    बैठकमा सांसद विश्वकर्माले बजेट व्यवस्थापनभन्दा कार्यान्वयन चुनौतीपूर्ण रहेको उल्लेख गर्दै समयमै ठेक्का प्रक्रियामा लैजाने र गुरुयोजना अनुसार कार्य गर्नुपर्नेमा जोड दिए। उनले केरवानी–ढेकावर पुललाई प्राथमिकतामा राख्ने प्रतिवद्धता पनि जनाए।

    नगर प्रमुख खरेलले अन्तिम समयमा मात्र काम गर्ने परिपाटी अन्त्य गर्न आवश्यक रहेको बताए। बैठकमा राजनीतिक दलका प्रतिनिधि, वडाध्यक्षहरू, टोल विकास संस्था, खेलकुद समिति, खानेपानी समिति र सरोकारवालाको सहभागिता थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij