बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदहमा खसीबोका चोरी गर्ने गिरोह सक्रिय, सर्वसाधारण चिन्तित

देवदहमा खसीबोका चोरी गर्ने गिरोह सक्रिय, सर्वसाधारण चिन्तित

images
  • 973
    SHARES

  • images
    images
    images
    देवदहमा खसीबोका चोरी गर्ने गिरोह सक्रिय, सर्वसाधारण चिन्तित
    images
    images
    images
    छोटकरी विवरण 
    -देवदह नगरपालिका -३ गौरी टोल बाट बिहिवार राति २ वटा बोका चोरी भएका छन् ।
    -चोरी गर्न बुलेट, एनएस मोटरसाइकल र अटो रिक्साको प्रयोग। 
    -सैनामैना नगरपालिकामा रति १२ बजेदेखि ३ बजेसम्म विना काम हिड्न नपाइने 

     

    विकास गहतराज, देवदह । रुपन्देहीको देवदह नगरपालिका क्षेत्रमा वस्तुभाउ चोरिको घटना दिनप्रतिदिन वृद्धि भएको छ।देवदहका विभिन्न ठाउँबाट स्थानीयले पालेको खसीबोका, कुखुरा चोरीको घटना दैनिक रुपमा भैरहेको भन्दै नियन्त्रणका लागी स्थानीयले सरोकारवाला निकायलाई आग्रह गरेका हुन् ।

    images
    images
    images

    पछिल्लो पटक देवदह नगरपालिका -३ गौरी टोल बाट बिहिवार राति २ वटा बोका चोरी भएका छन् ।स्थानीय कुल बहादुर सारुको खोरबाट २ वटा ५०/५० केजीको बोका चोरी भएको हो।
     
    कुल बहादुरको खोरमा रहेको ३ वटा बोका मध्य २ वटा बोका चोरी भएको हो। रातीको २ बजेको फेरिफेरीमा कुल बहादुरका अनुसार खोरमा लगाएको ताला तोडेर बोका चोरी भएको हो।

    चोरी भएको निवेदन प्रहरीलाई शुकवार दिइएको थियो।शुकवार प्रहरीले चोरी भएको क्षेत्र वरपरको सिसीटिभी फुटेज परिक्षणका क्रममा तिलोत्तमा नगरपालिकाको शिवपुर सम्म चोरी गर्ने गिरोह देखिएको प्रहरी चौकी खैरेनीका इन्चार्ज भिमसेन विष्टले जानकारी दिए।

    देवदह -३ का दिलमाया थापाले ३,४ दिन देखि रातीमा ठूलो आवाजमा मोटरसाइकलको आवाज सुनिएको बताइन् । थापाका अनुसार स्थानीयले पालेका खसीबोका, कुखुरा चोरी भएको भन्दै आफुले पालेको बाख्रा चोरी हुने डरले विक्री गर्न बाध्य भएको बताइन् ।

    चोरी गर्न बुलेट, एनएस मोटरसाइकल र अटो रिक्साको प्रयोग 

    चोरी भएको निवेदन परेपछि प्रहरीले सिसिटिभी फुटेज चेक गर्यो ।सिसिटिभी हेर्दा देवदह -३ को गौरी टोल बाट टटेरा हुँदै तिलोत्तमाको शिवपुर सम्म लगिएको फुटेजमा देखिएको छ।

    सिसिटिभी फुटेजमा बुलेट मोटरसाइकल, एनएस मोटरसाइकल, स्कुटर र अटो रिक्सा समेत चोरीमा प्रयोग भएको देखिएको छ।

    सिसिटिभीमा सवारीको नम्बर र कलर राम्रो सङ्ग नदेखिएको तर बुलेट मोटरसाइकलमा बोका चोरी गरि अटो रिक्सामा लोड गरिएको देखिएको प्रहरीले जनाएको छ।

    तिलोत्तमा नगरपालिकाको कार्यालयमा तिलोत्तमाको रामनगरमा रहेको अर्को सिसिटिभी फुटेज हेरि सकेपछि चोरीको घटनाबारे थप विवरण प्राप्त हुने प्रहरी चौकी खैरेनीले जनाएको छ।

    प्रहरी चौकी खरेनीका अनुसार अबेर सम्म हिड्डुल गर्नेलाई सोधपुछ गरि अत्यावश्यक काम बाहेक रातीको समयमा हिंड्डुल नगर्न सचेत गराएको छ।


    चोरीको स्वरुप फेरियो, चोर पक्रिएन

    देवदह र आसपासका क्षेत्रमा पटकपटक चोरीको घटना सार्वजनिक भएका छन् ।सहकारी कार्यालय, घरको ढोकामा राखिने कलश, मोटरसाइकल, स्कुटर, पसल तथा स्थानीयले पालेका खसीबोका, कुखुरा सम्म चोरी भएको घटना नौलो होइन।

    देवदह-६ को साना किसान कृषि सहकारी संस्था, सारथी कृषी सहकारी र शुभ लक्ष्मी सहकारीमा टोडफोड र चोरी गर्ने गिरोह हाल सम्म पक्राउ पर्न सकेका छैनन् ।

     

    बिज्ञापन सामाग्री  

    २ वटा बोका हराएको सूचना 

    देवदह नगरपालिका -३ सेमरहाना गौरी टोलबाट २ वटा अन्दाजी ५०/५० केजीको बोका बिहिवार राति चोरी भएकोले कहिँ कतै भेट्नु भएमा अथवा कसैलाई शंका लागेमा नजिकको प्रहरी चौकी वा फोन नम्बर ९८००७४५६७२ मा सम्पर्क गरिदिनुहुन अनुरोध छ।

     

    उक्त घटना सेलाउन नपाउदै देवदह -७ मा मूख्य कार्यालय रहेको कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाको घोडाहा सेवा केन्द्रबाट ९ लाख बराबरको रकम चोरी भयो।

    झ्याल फोडेर लकरमा राखिएको ठूलो रकम चोरी हुँदा चोरी गर्ने गिरोहले लामो समय रेकि गरि चोरी गरेको हुन सक्ने अनुसन्धानले देखएको थियो।यद्यपि उक्त चोरीको घटनामा कसको संलग्नता थियो, हाल सम्म खुल्न सकेको छैन।

    त्यस्तै मोटरसाइकल, स्कुटर चोरी गर्ने गिरोहलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन। चाडपर्व नजिकिदै गइरहेकोले चोरीको घटना अझै बढ्न सक्ने भन्दै रातीको समयमा प्रहरी संग समन्वय  गरेर गस्ती गर्ने योजना बनाएको स्थानीय सेमतहाना टोल विकास संस्थाका अध्यक्ष टोप बहादुर थापाले जानकारी दिए। 

     

    सैनामैनामा राति १२ बजेदेखि ३ बजेसम्म अत्यावश्यक बाहेक हिडडुल गर्न निषेध

    चोरीको घटनामा व्यापक वृद्धि भएपछि सैनामैना नगरपालिका वडा नम्बर १ ले राती १२ बजेदेखि बिहान ३ बजेसम्म कहि कतै नजान सूचना जारी गरेको छ।

    घरमा पालिएको पशु-पन्छी, दुईपाङ्ग्रे सवारी साधन चोरी भएपछि वडा कार्यालयले कहिँ कतै आकस्मिक काम परेमा संबंधित टोलको अध्यक्षलाई जानकारी गराउन सूचनामा भनिएको छ।

    त्यस्तै शान्ति सुरक्षा कायम गर्न र चोरीको घटना नियन्त्रण गर्न वडा कार्यालयको पहलमा युवाहरूको गस्ती टोलि परिचालन गरिएको वडाले जनाएको छ।

     

    1754585076104.jpg

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij