सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहमा लागुऔषध तथा अटिज्मसम्बन्धी सचेतनामूलक कार्यक्रम

देवदहमा लागुऔषध तथा अटिज्मसम्बन्धी सचेतनामूलक कार्यक्रम

images
  • 417
    SHARES

  • images
    images
    images
    देवदहमा लागुऔषध तथा अटिज्मसम्बन्धी सचेतनामूलक कार्यक्रम
    images
    images
    images

    लुम्बिनी पाना,देवदह । अन्तर्राष्ट्रिय युवा दिवसको पूर्वसन्ध्यामा लायन्स क्लब अफ देवदह युनाइटेडको आयोजनामा सरस्वती माध्यमिक विद्यालय, देवदह–१ राजावारीमा लागुऔषध दुर्व्यसन र अटिज्मसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

    कार्यक्रम क्लबका अध्यक्ष गणेश सापकोटाको अध्यक्षता , लायन डिस्ट्रीक्ट ३२५ पनि का गभर्नर पि.एम.जे.एफ. बालाराम भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रहरी सहायक निरीक्षक ध्रुवकुमार कुँवर र केरवानी स्वास्थ्य चौकीका इन्चार्ज काशीराम रेग्मीले सहजीकरण गर्नुभएको थियो। 

    images
    images
    images

    कार्यक्रममा १२५ जना विद्यार्थी र ४५ जना अभिभावकको उपस्थिति रहेको थियो। कार्यक्रममा देवदह–१ का वडा अध्यक्ष दिपक नेपाल, युथ इम्पावरमेन्ट मेम्बर लायन सुरेन्द्र रेग्मी, इन्भायरमेन्ट मेम्बर विष्णु प्रसाद पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

    क्लबका प्रथम उपाध्यक्ष टिकाराम चापागाई क्लबका बोर्ड सदस्य बिक्रम पौडेल, बिजय बाहदुर क्षेत्रीको समेत सहयोगि उपस्थिति रहेको कार्यक्रममा माला, खादा र मायाको चिनोमा खर्च हुने रकम बचाएर विद्यालयलाई सरसफाइ सामग्री वितरण गरिएको क्लबका वोर्ड सदस्य खिलराज (कृष्ण) पाठकले जानकारी दिए ।

    कार्यक्रम विद्यालयका अध्यक्ष लालमन यादवको स्वागत र सचिव प्रविण गौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij