लुम्बिनी पाना, देवदह।पाल्पाको तिनाउ गाउँपालिका -३ मा तीज गीत प्रतियोगिता हुने भएको छ। नेपाली महिला हरुको महान चाड हरितालिका तिजको अवसरमा वडा कार्यालयको आर्थिक सहयोगमा र महिला संजाल तिनाउ ३ वडा समितिको व्यवस्थापनमा प्रतियोगिता हुन लागेको हो।
यहि साउन ३१ गते शनिबार अन्तर महिला/आमा समुह खुल्ला तिज गित प्रतियोगिता अर्घाछाप सभाहल तिनाउ - ३ मा प्रतियोगिताको आयोजना हुन लागेको तिनाउ -३ का वडा अध्यक्ष चित्र बहादुर थापाले जानकारी दिए ।
"महिलामा लगानी सभ्य र सृजनशिल समाजको थालनी" शिर्षकमा हुन लागेको प्रतियोगितामा एक टिममा १० जना सम्म सहभागी हुन सकिने महिला वडा संजाल तिनाउ - ३ का पम्फा थापा मगरले जानकारी दिए।
प्रतियोगितामा प्रथम हुने समूहले नगद ८ हजार शिल्ड र प्रमाणपत्र, द्वितीय हुने समूहले नगद ६ हजार शिल्ड र प्रमाणपत्र, तृतीय हुने समूहले नगद ४ हजार शिल्ड र प्रमाणपत्र, र सहभागी समूहले प्रती समूह २ हजार प्राप्त गर्ने वडा सदस्य टंकनाथ बश्यालले जानकारी दिए।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij