बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदहमा थपियो धार्मिक पर्यटकीय गन्तब्य, बालगोपाल शिश महलको ३१ गते उद्घाटन हुने

देवदहमा थपियो धार्मिक पर्यटकीय गन्तब्य, बालगोपाल शिश महलको ३१ गते उद्घाटन हुने

images
  • 1.9K
    SHARES

  • images
    images
    images
    देवदहमा थपियो धार्मिक पर्यटकीय गन्तब्य, बालगोपाल शिश महलको ३१ गते उद्घाटन हुने
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । गौतम बुद्दको मावली स्थल देवदहमा नयाँ धार्मिक पर्यटकीय गन्तव्यको रुपमा शिश महल संचालनमा आउने भएको छ।

     

    images
    images
    images

    IMG-20250812-WA0003.jpg

     

    रुपन्देहीको देवदह–७, शित्तलनगरस्थित श्री दुर्गा मन्दिर संरक्षण समितिले धार्मिक पर्यटन प्रवर्द्धनको उद्देश्यसहित मन्दिर परिसरमा देवदह मणिदीप धाम निर्माण योजना अघि सारेको छ। सोही योजनाअन्तर्गत हालै बालगोपाल शिश महल निर्माण सम्पन्न भएको छ ।

    भिडियो हेर्नुहोस

     

     

    शिश महलको यहि साउन ३१ गते, श्रीकृष्ण जन्माष्टमीको अवसरमा, श्री १००८ स्वामी विवेकानन्द सरस्वतीजी महाराजबाट विधिवत् उद्घाटन गरिने मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ।

    २०२८ सालमा स्थापना भएको मन्दिरमा मन्दिर व्यवस्थापन समितिले यस क्षेत्रका धार्मिक धरोहरहरूको संरक्षण र प्रचार–प्रसार गर्दै आएको छ। समितिका अध्यक्ष सिपी बस्यालका अनुसार, बालगोपाल शिश महलसहितका पूर्वाधारहरूले देवदहलाई धार्मिक तथा सांस्कृतिक गन्तव्यका रूपमा अझ परिचित गराउने विश्वास लिइएको छ।

    शिश महलभित्र कृष्णको बाल लिला, बाल गोपिनी लिला, कालिनाग मर्दन, कृष्ण विराट स्वरुप जस्ता आकर्षक कलाकृतिहरू उत्कीर्ण गरिएको छ। साथै परिसरभित्र अर्जुनरथ, बुद्धविहार, वाटर फाउण्टेन, रमणीय धार्मिक पार्क, विश्राम स्थल र आकर्षक प्रवेशद्वार निर्माण गरिएको छ।

    मन्दिर आम्दानी, दानदक्षिणा, स्थानीय चन्दा, सहयोगी महानुभाव तथा देवदह नगरपालिकाको आर्थिक सहयोगमा करिब ७५ लाख रुपैयाँ लागतमा निर्माण भएको शिश महल अवलोकनको गर्न सर्वसाधारणका लागि रु. ५० र विद्यार्थीका लागि रु. ३० कायम गरिएको छ। साथै समूहमा आउनेलाई पनि विशेष छुटको व्यवस्था रहेको मन्दिर व्यवस्थापन समितिका सचीव दिनानाथ सापकोटाले जानकारी दिए।

    शिश महल संचालनमा आए पस्चात देवदहमा धार्मिक पूर्वाधार विस्तारसँगै स्थानीय तथा बाह्य पर्यटकलाई यहाँ रात बिताउन सक्ने सुविधा र धार्मिक–सांस्कृतिक वातावरण उपलब्ध हुने अपेक्षा गरिएको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij