सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहमा सरसफाई कर्मचारी सम्मान र नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

देवदहमा सरसफाई कर्मचारी सम्मान र नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

images
  • 666
    SHARES

  • images
    images
    images
    देवदहमा सरसफाई कर्मचारी सम्मान र नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । आफन्त बचत तथा ऋण सहकारी संस्था लिमिटेड, खैरेनी सेवा केन्द्रको ५ औं स्थापना दिवसको अवसरमा देवदह नगरपालिकाका सरसफाई कर्मचारीलाई सम्मान तथा वृहत् नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

    युगज्योती माविमा आयोजित कार्यक्रममा देवदह नगरपालिकाका ६ जना सरसफाई कर्मचारीलाई नगद सहित सम्मान, विद्यालयका २ जना छात्र छात्रालाई शैक्षिक सामग्री वितरण र विद्यालयलाई डस्टविन समेत वितरण गरिएको थियो ।

    images
    images
    images

    भवानी सिटी हेल्थ क्लिनिक प्रा.लि. बुटवल र विजय डेन्टल होमको प्राविधिक सहयोगमा आयोजित स्वास्थ्य शिविरमा मधुमेह, कोलेस्ट्रोल, युरिक एसिड परीक्षण तथा दन्त उपचार जाँच गरिएको थियो । स्वास्थ्य शिविरबाट १६५ जना र दन्त तर्फ ३१५ जना सर्वसाधारण लाभान्वित भएको खैरेनी सेवा केन्द्रका संयोजक एवं कार्यक्रमका संयोजक वीर बहादुर रानाले जानकारी दिनुभयो।

    कार्यक्रममा मन्तव्य व्यक्त गर्दै देवदह नगरपालिकाका नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङले स्वास्थ्य शिविर जस्ता जनमुखी कार्यक्रमले सर्वसाधारण लाभान्वित हुँदै यस्ता खालका सामाजिक कार्यहरूलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

    कार्यक्रममा देवदह नगरपालिका वडा नम्बर -६ का वडा अध्यक्ष खेम बहादुर थापा, संस्थाका सल्लाहकार हुम प्रसाद पाठक, लेखा समिति सदस्य माधव ढकाल, संस्थापक सचीव एवं पूर्व अध्यक्ष गणेश सापकोटा, विद्यालयका प्राचार्य यमलाल अर्याल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधिका अर्याल, लगायतले बोल्नु भएको थियो। 

    कार्यक्रम संयोजक वीर बहादुर रानाको स्वागत र व्यवस्थापक विजय बहादुर क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij