सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको आयोजनामा आँखा जाँच शिविर

लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको आयोजनामा आँखा जाँच शिविर

images
  • 511
    SHARES

  • images
    images
    images
    लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको आयोजनामा आँखा जाँच शिविर
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको आयोजनामा विद्यालयस्तरीय आई स्कृनिङ्ग कार्यक्रम सम्पन्न भएको छ। शनिबार स्वर्णिम सगरमाथा कलेजमा आयोजित शिविरमा २२१ जनाको आँखाको परिक्षण गरिएको कार्यक्रम संयोजक पूर्व अध्यक्ष कमल पौडेलले जानकारी दिनुभयो।

    कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनलका डिस्ट्रीक गभर्नर लायन बालाराम भट्टराईले विद्यार्थीहरुको दृष्टि जाँचलाई अत्यन्तै महत्वपूर्ण बताएका थिए। भट्टराईका अनुसार, “विद्यालयस्तरीय आई स्कृनिङ्गले समयमै दृष्टि समस्या पत्ता लगाउन मद्दत पुर्‍याउँछ र बच्चाहरूको पढाइ र स्वास्थ्य दुवैमा सुधार ल्याउँछ।” यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उहाँको भनाई थियो।

    images
    images
    images

    सगरमाथा आवासीय माविका प्राचार्य कृष्ण प्रसाद पौडेलले संस्थाले स्वर्णिम सगरमाथा कलेजमा विद्यार्थीहरुका लागी आँखा जाँच शिविर आयोजना गर्ने संस्थाप्रती आभार प्रकट गर्दै सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो।

    कार्यक्रम बुटवल लायन्स आँखा अस्पताल बुटवल र आई केयर सेन्टर देवदहको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो त्यस्तै स्किल फर लाइफ सेशनको लायन्स क्लब अफ देवदह प्रोफेसनल युथका संस्थापक अध्यक्ष दीपेश विक्रम मल्लले सहजीकरण गर्नु भएको थियो।

    कार्यक्रममा लायन्स ३२५ नेपालका जीएचटी कोर्डिनेटर एमजेएफ लायन आशिष कृष्ण श्रेष्ठ, एरिया ३ का चिफ कृष्ण प्रसाद पाण्डे, रिजन चेयर, जोन चेयर पर्सन, साथै लायन्स क्लब अफ पाकडी वृक्ष लगायतका विभिन्न संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रम संस्थाका अध्यक्ष बिमल तिवारीको अध्यक्षता, पूर्व अध्यक्ष बिमल प्रसाद भुसालको स्वागत र सचीव नविन रानाको संचालनमा सम्पन्न भएको थियो।६ कार्यक्रमले विद्यार्थीहरिको आँखाको स्वास्थ्य र दृष्टि सुधारमा योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij