लुम्बिनी पाना, देवदह । पर्वत रुपन्देही सेवा, समाज देवदह नगर समितिले तेश्रो तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । पर्वतबाट बसाईगरी रुपन्देहीको देवदहमा आएर बसोवास गरेकाहरुको संगठन पर्वत रुपन्देही सेवा समाजले हरेक बर्ष तीज मिलन कार्यक्रम गर्दै आईरहेको छ ।
नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा एक आपसमा सद्भाव कायम गर्ने, चिनजान गर्ने र भाईचारा स्थापित गर्ने गरी हरेक बर्ष तीज मिलन कार्यक्रम गर्दै आएको समाजका अध्यक्ष भिमलाल काफ्लेले जानकारी दिनु भयो । सो अवसरमा बोल्ने वक्ताहरुले संस्कृति संरक्षण र सम्बर्द्धन गर्ने गरी चाडपर्वहरु मनाउनु पर्नेमा जोड दिएका थिए ।
उनीहरुले सभ्य समाज निर्माणमा चाडपर्वले महत्वपूर्ण भूमिका खेल्ने बताउदै अनावश्यक खर्च गरेर चाडपर्व मनाउन नहुनेमा जोड दिएका थिए ।
पर्वत रुपन्देही सेवा, समाज देवदह नगर समितिका अध्यक्ष भिमलाल काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा पर्वत रुपन्देही सेवा, समाजका केन्द्रिय अध्यक्ष रामकृष्ण शर्मापौडेल, समाजका पुर्वअध्यक्ष दिनानाथ सापकोटा, सल्लाहकार वासुदेव रिमाल लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।कार्यक्रम यमलाल यमलाल
पल्लवी सहकारीको तीज मिलन
रुपन्देहीको देवदहमा तीज मिलन कार्यक्रम भएको छ । पल्लवी बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार देवदहको चरङ्गे सेवा केन्द्रका महिला शेयर सदस्यहरुलाई लक्षित गर्दै तिज मिलन कार्यक्रम गरेको हो ।
४८८१ शेयर सदस्य रहेको सहकारीको चरङ्गे सेवा केन्द्रमा ८६० मध्ये ५१६ जना महिला शेयर सदस्य रहेको उक्त सहकारीका अध्यक्ष प्रमोद खनालले जानकारी दिनु भयो । सोही कार्यक्रममा शेयर सदस्यहरुलाई उत्साह जगाउनको लागि कुर्सी दौड र बेलुन डान्स प्रतियोगिता गराईएको थियो । कुर्सी दौडमा विजुला थापा मगर तथा बेलुन डान्समा तारा नेपाली र तुलसी शाही ठकुरी विजेता भएको संचालक संयोजक पोम बहादुर जिसीले जानकारी दिनु भयो
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij