लुम्बिनी पाना,बुटवल । मुक्ती समाज नेपाल, रुपन्देहीले वातावरणिय संरक्षण निम्ति हातेमालो गरौ भन्ने मुल नाराका साथ वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

हरित पर्यावरण निर्माणका निम्ति तिलोत्तमा नगरपालिकाको वडा नम्बर १० को वडा कार्यलय परिसरमा वृक्षरोपण सम्पन्न गरिएको हो ।
मुक्ती समाज नेपालका जिल्ला अध्यक्ष विकास गहतराजको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य जुद्द विश्वकर्मा प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा मुक्ती समाज नेपालका केन्द्रिय सचिवालय सदस्य एवम् लुम्बिनी इन्चार्ज सुरेन्द्र श्री , केन्द्रिय सदस्य एवम् स्कुल विभाग उप प्रमुख रवि सेन्चुरी, वडा नम्बर १० का वडा अध्यक्ष गोपाल प्रसाद घिमिरे, रेवन्त विश्वकर्मा , सागर माली, वडाका जनप्रतिनिधिहरु लगायत मुक्ती समाज नेपाल र नेकपा एमाले प्रदेश, जिल्ला र वडाका जिम्मेवार नेतृत्वहरु एवम् स्थानीय बासिन्दा उपस्थितमा विभिन्न प्रजातीका २०० विरुवा वृक्षरोपण गरिएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij